ताजा समाचार

जितिया पर्वमा आधारित थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म प्रदर्शन शुरु

  • असोज १, २०८२
  • ७६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल सिरहा, १ असोज । थारु समुदायको संस्कृति र जितिया पर्वसँग सम्बन्धित थारु लघु चलचित्र  ‘लैहरा’  प्रदर्शनमा आएको छ। समुदायको सांस्कृतिक अभ्यास, परम्परा र धार्मिक आस्थालाई दर्शाउने उद्देश्यले निर्माण गरिएको यो फिल्म दर्दनायक कथामा आधारित रहेको निर्देशक शिव थारुले जानकारी दिएका छन्। 

फिल्ममा थारु समुदायमा विशेष महत्व राख्ने जितिया पर्वमा महिलाहरूले लैहर जानु पर्ने परम्परा र त्यससँग जोडिएका संघर्ष, पीडा तथा संवेदनशील घटनाहरूलाई यथार्थपरक शैलीमा प्रस्तुत गरिएको छ। निर्देशक थारुको भनाइअनुसार, ‘लैहर’ केवल मनोरञ्जनका लागि नभई थारु समुदायको मौलिक संस्कृति, परम्परा र संस्कारलाई संरक्षण र नयाँ पुस्तामा परिचय गराउने उद्देश्यले निर्माण गरिएको हो। 

५० रुपैयाको टिकटदरमा प्रदर्शन भइरहेको यस फिल्मको पहिलो शो आज सिरहाको ढोढनास्थित राजदेवी मन्दिरको सभा हलमा गरिएको हो। स्थानीय दर्शकहरूको उपस्थिति उल्लेख्य रहेको र फिल्मप्रति चासो देखिएको आयोजकहरूले बताएका छन्। साथै, फिल्मलाई भोलिदेखि हातिदहमा पनि निरन्तर प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।

थारु समुदायमा लोकप्रिय मानिएको जितिया पर्व महिलाहरूले आस्था, श्रद्धा र परिवारको सुखसमृद्धिको लागि मनाउने महत्वपूर्ण पर्व हो। यसै पर्वमा आधारित भएर निर्माण गरिएको ‘लैहर’ फिल्मले स्थानीय संस्कृतिको जगेर्ना गर्ने मात्र नभई, सांस्कृतिक विविधता र सामुदायिक एकताको सन्देशसमेत दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤