Siraha Times
ताजा समाचार

वैश्य समाजको लागि सचिवालय चाहिन्छ : अध्यक्ष बिजय गुप्ता

  • भदौ १८, २०८२
  • १२५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्मावलम्बीहरूको महान पर्व विजयादशमीको उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रममा दशैंको शुभकामनासँगै संगठनात्मक विषयमा छलफल गरी सचिवालय स्थापनाको निर्णयलाई विशेष प्राथमिकतामा राखिएको थियो ।

कार्यक्रमको अध्यक्षता नगर कार्यसमितिका अध्यक्ष बिजय गुप्ताले गरेका थिए भने प्रमुख अतिथि मधेश प्रदेश सभासद् माननीय राजकुमार गुप्ता रहेका थिए । त्यसैगरी, कमलापुरी वैश्य समाजका केन्द्रीय अध्यक्ष कन्हैया प्रसाद गुप्ता, वैश्य समाज नेपालका केन्द्रीय कोषाध्यक्ष शंकर प्रसाद गुप्ता, विशिष्ट अतिथि अवधेश गुप्ता, सचिव महेश गुप्ता, सदस्य बन्दना गुप्ता, महिला उपाध्यक्ष भारती कुमारी गुप्ता दर्जनौ पदाधिकारीको उपस्थिति थियो ।

प्रमुख अतिथि सभासद् राजकुमार गुप्ताले दशैंको शुभकामना दिँदै वैश्य समाजलाई समय र परिस्थितिअनुसार आफू सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले समाजलाई नियमानुसार अघि बढ्न सुझाव समेत दिए । नगर अध्यक्ष बिजय गुप्ताले वैश्य समाजलाई सशक्त बनाउन लहान नगरमै सचिवालय स्थापना आवश्यक भएको बताउँदै यसका लागि केन्द्र र नगर दुवै स्तरबाट सहयोग अपेक्षित रहेको धारणा राखे । निजि लगानीमा मात्रै सचिवालय सञ्चालन दीर्घकालीन नहुने भएकाले सामूहिक लगानी अनिवार्य रहेको उनले औंल्याए ।

केन्द्रीय अध्यक्ष कन्हैया प्रसाद गुप्ताले वैश्य समाजले केन्द्र र नगरस्तरीय गतिविधि समयानुकूल सञ्चालन गर्ने प्रतिबद्धता जनाए । त्यस्तै, केन्द्रीय कोषाध्यक्ष शंकर प्रसाद गुप्ताले महिला दिदीबहिनीहरूको अधिकार सुनिश्चित गर्दै संगठन सञ्चालन गर्नुपर्नेमा जोड दिए । पत्रकार बिरेन्द्र नेपालले वैश्य समाजको संख्यात्मक उपस्थिति नगरमा थोरै भए पनि यो समाजले छुट्टै पहिचान बनाएको बताए । उनले भने सबै जातजातिका मत पाएर माननीय सभासद् राजकुमार गुप्ताले सभासद बनेकोले वैश्य समाजलाइ गर्व छ । भविष्यमा मन्त्रीस्तरीय नेतृत्वमा पुग्दा वैश्य समाजको भूमिका अझ महत्त्वपूर्ण हुने धारणा राखे ।

यसरी सम्पन्न कार्यक्रममा सहभागी सबै वक्ताले वैश्य समाजलाई एकताबद्ध बनाई विकास, अधिकार र पहिचानमा अग्रसर बनाउनका लागि सचिवालय स्थापनालाई जरुरी र उपयोगी कदमका रूपमा स्वागत गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस

कमला पुलको दुरावस्था ...

सिरहाटाइम्स लहान जेष्ठ ३० । मधेस प्रदेशको आर्थिक समृद्धि, व्यापारिक गतिविधि तथा जनजीवनलाई गति दिने म ...

​सडक मर्मतको माग गर् ...

​जेठ २९, उदयपुर । ​चुहाडे–जलजले सडक खण्डमा दैनिक रूपमा सञ्चालन हुँदै आएका टिप्परहरूलाई स्थानीय ...

दुई ढुंगाबीचको तरुल ...

​विनोद अविरल पश्चिम नवलपरासी, जेठ २९ । ​"नेपाल र भारत दुई ढुंगा हुन् भने हामी सुस्ताबासी त्यसको बीचम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१