ओम प्रकाश यादव लहान, भदौ १४ । सिरहाको लहान नगरपालिका–३ रधुनाथपुरमा अवस्थित श्री ल.ल.कु. माध्यमिक विद्यालय (नेपाली माध्यम) ले कक्षा १ देखि १० सम्मको पहिलो त्रैमासिक परीक्षाको नतिजा आज अभिभावकको उपस्थितिमा सार्वजनिक गरेको छ। विद्यालय प्रशासनका अनुसार नतिजा प्रकाशन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो। नतिजा वितरणसँगै विद्यार्थीहरूको शैक्षिक प्रगति, कमजोरी र सुधारका उपायबारे समेत विस्तृत छलफल गरिएको थियो।

विद्यालयका प्रधानाध्यापकले प्रत्येक विद्यार्थीको पठन–पाठनको स्तर, परीक्षा तयारी र अनुशासनबारे जानकारी दिँदै आगामी त्रैमासिकसम्म अझ उत्कृष्ट नतिजा ल्याउन विद्यार्थी, शिक्षक र अभिभावक तीन पक्षबीच समन्वय आवश्यक रहेको बताए। नतिजा प्रकाशन कार्यक्रमलाई विशेष बनाउन विद्यालयले सबै कक्षाका अभिभावकलाई आमन्त्रण गरेको थियो। अभिभावकहरूले आफ्ना सन्तानको नतिजा बुझ्दै शिक्षकसँग प्रत्यक्ष संवाद गरेका थिए। धेरै अभिभावकले विद्यालयले गरेको व्यवस्थापन, समयमै परीक्षा सञ्चालन र नतिजा पारदर्शी ढङ्गले प्रकाशन गरेको भन्दै खुशी व्यक्त गरेका छन्।

विद्यालय प्रशासनले यसअघि भन्दा शिक्षण पद्धति अझ प्रभावकारी बनाउन, अतिरिक्त कक्षा सञ्चालन गर्न र कमजोर विद्यार्थीलाई विशेष कक्षा मार्फत सहयोग गर्ने योजना प्रस्तुत गरेको छ। साथै, सूचना प्रविधिको प्रयोग गर्दै आधुनिक शिक्षण शैलीलाई विद्यालयमा विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ। नतिजा प्रकाशन कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक प्रगति मूल्याङ्कन मात्र नभई विद्यालय, विद्यार्थी र अभिभावकबीचको सम्बन्ध अझ मजबुत बनाउन सहयोग पुगेको विद्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Water Aid UK टोलीद्वारा लहानका खानेपानी तथा सरसफाइ कार्यक्रमको अनुगमन, नगर विकासमा सहकार्य प्रभावकारी
१८ वर्षदेखि अलपत्र मुक्सारको खानेपानी ट्याङ्की: स्थानीय बासिन्दा काकाकुल, आश्वासनमै सीमित बन्दै योजना
बरियारपट्टी छोटी भन्सार कायम राख्न माग गर्दै जिरोमाईलमा राजमार्ग अवरुद्ध, जनप्रतिनिधि र राजनीतिक दलको समर्थन
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic