मिथिला सामुदायिक सिकाई केन्द्र लहान–२३ मा नयाँ भवनको उद्घाटन

  • भदौ ७, २०८२
  • ५४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, ७ भदौ। सिरहा जिल्लाको लहान नगरपालिका–२३ गाढास्थित मिथिला सामुदायिक सिकाई केन्द्रको नव–निर्मित भवन उद्घाटन तथा सामग्री हस्तान्तरण कार्यक्रम आज एक भव्य समारोहका साथ सम्पन्न भएको छ। 

May be an image of 1 person and text

कार्यक्रमको अध्यक्षता संस्था अध्यक्ष विलेक्षण महतोले गर्नुभयो। प्रमुख अतिथि जिल्ला समन्वय समिति (जिसस) प्रमुख दिनेश कुमार महतो रहनु भएको थियो। त्यस्तै वडा नं. २३ का अध्यक्ष बद्रीनारायण यादव विशिष्ट अतिथि रहनु भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता, शिक्षक, बुद्धिजीवी तथा सर्वसाधारण नागरिकहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो। 

May be an image of 2 people, temple and text

नयाँ भवन निर्माणसँगै केन्द्रलाई शैक्षिक सामग्री, आवश्यक उपकरण तथा स्रोत–सामग्री हस्तान्तरण गरिएको हो। यसले सिकाई केन्द्रमार्फत सञ्चालित साक्षरता, सीप विकास, महिला सशक्तिकरण र स्थानीय समुदायमुखी कार्यक्रमहरूलाई अझ सबल र प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

May be an image of 3 people

कार्यक्रममा अधिकांश वक्तीहरूले मिथिला सामुदायिक सिकाई केन्द्रले गाउँघरमा साक्षरता अभियान, सीप अभिवृद्धि र महिलालाई आत्मनिर्भर बनाउन खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गरेका थिए। उनीहरूले आगामी दिनमा पनि यस्तो सिकाई केन्द्रलाई थप सक्रिय बनाउन सबै पक्षको निरन्तर सहयोग अपरिहार्य हुनेमा जोड दिएका थिए। 

May be an image of 3 people

स्थानीय समुदायले सिकाई केन्द्रबाट नियमित तालीम, महिला तथा युवाहरुलाई रोजगारमुखी कार्यक्रम, साथै बालबालिकाको शैक्षिक स्तर उकास्ने खालका गतिविधि सञ्चालन हुने अपेक्षा व्यक्त गरेका छन्।

May be an image of 11 people and templeMay be an image of 8 people, people studying and hospitalMay be an image of 8 people and people studyingMay be an image of table and text

प्रतिक्रिया दिनुहोस

हाइवे ह्याकर्स ऐसी ब ...

कृष्णानगर, कपिलवस्तु, असोज २६ । कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्र ...

सिरहाको छुट्टाछुट्टै ...

लहान, असोज २६। सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुटटै स्थानबाट लागु औषध सहित तीन जनालाई पक्राउ गरेक ...

जसपा नेपाल मधेश प्रद ...

जनकपुरधा, २६ असोज । जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश अधिवेशनको तयारी पूरा भएको जनाइएको छ ।&nbs ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१