सप्तरीको सुरूंगामा बालकचहरी कार्यक्रम सम्पन्न

  • साउन २६, २०८२
  • ७१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव लहान साउन २६। बालबालिका केन्द्रित सार्वजनिक सेवाको गुणस्तर विषयक बालकचहरी कार्यक्रम सोमबार सप्तरीको सुरुङ्गा नगरपालिका ४, मधुपट्टीस्थित श्री राष्ट्रिय आधारभुत कनकपुरको सभाहलमा सम्पन्न भयो। Sweden Sverige, Save the Children र Sabal Nepal को सहकार्यमा आयोजना गरिएको यस कार्यक्रममा नगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरूले नगर प्रमुख, जनप्रतिनिधि र सम्बन्धित शाखा प्रमुखहरू सामु २० वटा ठोस प्रश्न राख्दै शिक्षा, स्वास्थ्य, सरसफाइ र बालमैत्री पूर्वाधारसम्बन्धी असन्तुष्टि व्यक्त गरे।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले पहिलो प्राथमिकतामा विद्यालय वातावरण सम्बन्धी समस्या राखे। “विद्यालय पढ्ने स्थान हो, तर हामीलाई सरसफाइको काममा किन लगाइन्छ ?” भन्ने प्रश्नले सभाहलमा उपस्थित जनप्रतिनिधि र कर्मचारीलाई सोच्न बाध्य बनायो। विद्यालयमा निशुल्क कोचिङ सुविधा उपलब्ध गराउनुपर्ने,विद्यालय परिसरमा धूम्रपान पूर्ण रूपमा निषेध गर्नुपर्ने,बालबालिकाका लागि खेलकुद, कला, सांस्कृतिक र अतिरिक्त क्रियाकलापका कार्यक्रम नियमित सञ्चालन गर्नुपर्ने,बजेट अभाव भन्दै जनप्रतिनिधि वा कर्मचारीले गैरजिम्मेवार प्रतिक्रिया दिन बन्द गर्नुपर्ने जस्ता मुद्दा प्रमुख रूपमा उठाइए।

शिक्षा शाखा प्रमुख तथा निमित प्रशासकीय अधिकृत हीरा लाल राणाले भने विद्यालयलाई सरसफाई गर्नु नराम्रो होइन बरु यसलाई सकारात्मक रुपमा लिए हुन्छ किनकी हामीले पनी पढ़ने बेलामा गोबर घरैबाट ल्याएर लिप्ने र सरसफाई जस्ता कार्य गरेकै हो । रह्यो कुरा विषयगत शिक्षकको त्यो पनी हामीले विज्ञापन गरी चाडै ल्याउने बताए । अर्का वक्ता वडा अध्यक्ष दिनेश रामले खेल मैदानका लागी हामिसंग जग्गाको अभाव रहेको र उक्त जग्गाका लागी पालिकामा पहल भईरहेको छ । वडा अध्यक्ष सन्त कुमार यादवले थप्दै भने विद्यालय खुले पछि के कस्तो हुन्छ कम्पुटर पढाईका लागी भयो भने विद्यालयबाट व्यवस्थापन गर्ने नभए आफै गर्छु प्रस्ट पारे । बालबालिकाका प्रश्नको जवाफ दिंदै सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले एक जना सहभागी विद्यार्थीलाई खुलेरै प्रसंसा गर्दै भने की यतिका विद्यार्थी भाईबहिनी मध्ये एक जना भाईले गरेको प्रश्न स्वागत योग्य रहेको भने सबैले बिभिन्न प्रश्न राखे तर भाईले जेब्रा क्रासिंगको कुरा साचिकै स्वागत योग्य रहेको त्यस्तै शिशुवारीको एक झोलग्ने पुलको बारेमा बोल्दै भने पुल त बनायो तर त्यो पुलको अगाडी कुनै सड़क नै छैन त्यसको दोसी पनी पालिका नै बन्छ किनभने जो कोही जादा बिना सड़क पुलको के औचित्य त्यस्तै सबै थोक पालिका प्रमुखलाई नै थाहा हुन्छ भने छैन ।

सुरुंगा नगरपालिका एक जना विद्यार्थी अहिले अंडर १७ को लागी छनौट हुन हेटौडा जानू भएको छ यस पालिकाको विद्यार्थी भाइबहिनीहरुको मिहिनेतले नै भएको जनाए त्यस्तै कुनै पनी जिल्लाले राष्ट्रपति सील्ड प्रतियोगिता गराउन नसके पनी यस पालिकाले गराएकै छ आखिर बजेट बन्नू भनेको आर्थिकको अनुरूप हो तर हाम्रो पालिकामा कुनै आयस्रोत नै छैन पालिकामा आउनु भनेको एउटा घर नक्सा हो तर त्यो पनी कोही बनाउन आउदैन । उनले निशुल्क कोचिङ, अतिरिक्त क्रियाकलाप र बालमैत्री पूर्वाधार विस्तारका लागि चरणबद्ध योजना अघि बढाइने बताइन्। साथै, “बजेट छैन” भन्ने शैलीको गैरजिम्मेवार अभिव्यक्ति रोक्न सबै जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिने आश्वासन दिइन्।

कार्यक्रमको अध्यक्षता नगर संजालको अध्यक्ष देव कुमार साहले गर्नु भएको थियो प्रमुख अतिथिमा गीता चौधरी रहेको थियो साथै उप प्रमुख रूद्र बहादुर कार्की, शिक्षा शाखा प्रमुख तथा निमित प्रशासकीय अधिकृत हिरालाल राणा, भेडिया माध्यमिक विद्यालयका प्रधानाध्यापक सत्य नारायण चौधरी, कार्यपालिका सदस्य निर्मला चौधरी, मसिलाल जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्य नारायण चौधरी, स्वास्थ्य शाखा पोषण प्रमुख भूषण सुनरैत, वडा नं. ४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता देवेन्द्र चौधरी, , वडा नं. ५ का वडा अध्यक्ष दिलाराम चौधरी, वडा नं. ८ का वडा अध्यक्ष श्याम प्रसाद साह, बाल क्लब संजालका अध्यक्ष शिव शंकर ,मण्डल, प्रदेश बाल क्लब संजालका अध्यक्ष नीरज कुमार साह, वडा नं. ६ का वडा अध्यक्ष दिनेश कुमार राम, वडा नं. ७ का वडा अध्यक्ष शिव नारायण चौधरी, वडा नं. ९ का वडा अध्यक्ष सन्त कुमार यादव,महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रिंकू कुमारी यादव,सवल नेपालका फिल्ड म्यानेजर रोषण कुमार मण्डल,सवल नेपालका संयोजक फिल्ड अशोक कुमार साह,जिन्सी शाखा प्रमुख राज कुमार यादव, कार्यक्रम संचालिका तथा वडा १ बाल क्लबकी सचिब शिक्षा थापा, चन्द्र भूषण चौधरी लगायतको उल्लेखनीय उपस्थिति थियो।

प्रदेश बाल क्लब संजालका अध्यक्ष नीरज कुमार साहले बालबालिकाको आवाजलाई पालिका योजना र बजेटमा प्राथमिकताका साथ समेट्नुपर्नेमा जोड दिए। उनले विद्यालयमा बालमैत्री वातावरण, खेलकुद र जीवनोपयोगी सीप विकास कार्यक्रम विस्तार आवश्यक रहेको बताए। शिक्षा शाखा प्रमुख हिरालाल राणाले बालमैत्री पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्षमा छुट्टै योजना ल्याउने बताए। स्वास्थ्य शाखा पोषण प्रमुख भूषण सुनरैतले विद्यालयमा पोषणयुक्त खाना, स्वच्छ खानेपानी र स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालनमा नगरपालिकासँग सहकार्य गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रमका सहभागीहरूका अनुसार बालकचहरी लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण माध्यम हो जसले बालबालिकालाई आफ्ना समस्या खुला रूपमा राख्ने, नीति निर्माणकर्तालाई प्रत्यक्ष जवाफदेही बनाउन र सुधारका लागि दबाब सिर्जना गर्न अवसर दिन्छ। बालबालिकाका माग र सुझावलाई सम्बोधन गर्न सके मात्र सार्वजनिक सेवाको गुणस्तरमा दीर्घकालीन सुधार सम्भव हुने निष्कर्ष निकालियो।

प्रतिक्रिया दिनुहोस

हाइवे ह्याकर्स ऐसी ब ...

कृष्णानगर, कपिलवस्तु, असोज २६ । कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्र ...

सिरहाको छुट्टाछुट्टै ...

लहान, असोज २६। सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुटटै स्थानबाट लागु औषध सहित तीन जनालाई पक्राउ गरेक ...

जसपा नेपाल मधेश प्रद ...

जनकपुरधा, २६ असोज । जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश अधिवेशनको तयारी पूरा भएको जनाइएको छ ।&nbs ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१