Siraha Times
ताजा समाचार

पत्रकारिता न्यायको खोजी हो, न कि मानमर्दनको हतियार

  • साउन १३, २०८२
  • ८९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान, साउन १३ । जिल्ला समन्वय समिति सिरहाका प्रमुखको घरबारे सामाजिक सञ्जालमा हालै देखिएको चर्चा परिचर्चाले फेरि एकपटक पत्रकारिताको भूमिका, मर्यादा र जिम्मेवारीबारे प्रश्न उठाएको छ। तीन वर्षअघि मात्रै सार्वजनिक पद सम्हालेका जिल्ला समन्वय समिति सिरहाका प्रमुख तर उहाको घर भने छ वर्षअघि नै बनेको देखिएको आधारमा कतिपय माध्यमहरूले सरासर ‘दूधको नून’ खोजेझैं तर्कविना प्रश्न उठाएका छन्।

सवाल उठ्छ — कुनै व्यक्ति सार्वजनिक जीवनमा आउनुभन्दा पहिले आफ्नो घर बनाउनु के आपराधिक हो? के व्यक्तिगत सम्पत्तिका बारेमा प्रश्न उठाउँदा प्रमाण र सन्दर्भबिना आशंका गर्नु नै पत्रकारिताको धर्म हो? पत्रकारज्यू, हामी सत्य खोज्ने पेसामा छौं  न्याय बाँड्ने होइन। पत्रकारको धर्म भनेको सूचना संकलन, अनुसन्धान र निष्पक्ष ढंगले प्रतिवेदन तयार गर्नु हो।

तर हाल देखिएको जस्तो सनसनी फैलाउने शैली, प्रमाणबिना आरोप लगाउने प्रवृत्ति र चरित्र हत्या गर्ने शैलीले पत्रकारिताको नैतिकता र गरिमा दुबैमा आँच आउँछ। पत्रकारिताको शक्ति यसको कलम हो। यही कलमले अन्यायविरुद्ध आवाज उठाउने हो  तर जब यो कलम प्रमाणबिना व्यक्तिविशेषप्रति आक्रोश निकाल्ने अस्त्र बन्न थाल्छ, तब पत्रकारिता नै संकटमा पर्छ।

हो, सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति, आचरण र नीति जनताको चासोको विषय हुन्। त्यसबारे प्रश्न उठाउन, खोज पत्रकारिता गर्न पत्रकार स्वतन्त्र छन्। तर त्यो स्वतन्त्रता तथ्यसहित, प्रमाणसहित र सम्मानपूर्ण ढंगले प्रयोग हुनुपर्छ। त्यसैले  आलोचना गरौं  तर आधारसहित प्रश्न उठाऔं  तर सम्मानसाथ रिपोर्ट गरौं  तर निष्पक्ष ढंगले किनभने पत्रकारको कलमले न्याय खोज्ने बाटो देखाउनुपर्छ, मानमर्दनको हतियार बन्नु हुँदैन। पत्रकारिता जनताको भरोसाको स्रोत हो  त्यो भरोसा नटुटो बनाउने दायित्व हाम्रो हो।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१