ओम प्रकाश यादव लहान ५ साउन । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाबाट उदाएका एक होनहार युवा, घनश्याम यादव पछिल्लो समय समाजसेवा, कानुनी चेतना र सुधारको अभियानमा उल्लेखनीय रूपमा सक्रिय हुँदै आएका छन्। सन् २०५९ साल साउन ११ गते जन्मिएका यादव हाल पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको College of Law मा BALLB चौथो वर्षमा अध्ययनरत छन्।
स्थानीय स्तरमै प्रारम्भिक र माध्यमिक शिक्षा हासिल गरेका यादव गाउँकै शिक्षा प्रणाली हुँदै उच्च शिक्षाको तहसम्म आइपुगेका छन्। उनी रन्जित यादवका सुपुत्र तथा राम उदगार यादवका नाती हुन्। कानुनको अध्ययनसँगै उनी समाजमा व्याप्त अन्याय, भेदभाव, असमानता र भ्रष्टाचार विरुद्ध निरन्तर आवाज उठाइरहेका छन्। उनी भन्छन्, “समाज परिवर्तन भाषणबाट होइन, इमानदारी, जानकारी र जनसहभागिताबाट सम्भव हुन्छ।” यो भनाइले उनको सोच र दृष्टिकोणको गहिराइ प्रस्ट पार्दछ। यादवले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न विशेष ध्यान दिँदै आएका छन्। उनले गाउँगाउँमा कानूनी सचेतना फैलाउने, युवालाई सामाजिक उत्तरदायित्वप्रति जागरूक गराउने, बालविवाहजस्ता कुप्रथाविरुद्ध जनचेतना फैलाउनेजस्ता अभियानहरूमा नेतृत्वदायी भूमिका खेलेका छन्।
अहिलेसम्म उनले सिरहाका विभिन्न विद्यालय, टोल, र सार्वजनिक स्थानहरूमा कानुनी साक्षरता कार्यक्रम सञ्चालन गरी बालबालिका, किशोरी, महिला तथा आम नागरिकहरूलाई कानुनी अधिकारबारे जानकारी गराउँदै आएका छन्। विशेषतः बालविवाह, घरेलु हिंसा, अपहरण, सम्पत्ति अधिकारजस्ता विषयहरूमा जनचेतना अभिवृद्धि गर्न उनका प्रयास सराहनीय छन्। त्यति मात्र होइन, उनी स्थानीय तहमा पारदर्शिता र जवाफदेहिता कायम गर्नका लागि समेत युवाहरूलाई संगठित गरिरहेका छन्। उनले युवालाई स्थानीय बजेट प्रक्रियामा सहभागी गराउने, योजना निर्माणमा जनताको आवाज समावेश गराउने, र निर्वाचित जनप्रतिनिधिहरूलाई जवाफदेही बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्।
राजनीति प्रतिको झुकावको कुरा गर्दा यादव स्वतन्त्र र सुधारमुखी दृष्टिकोणमा विश्वास राख्छन्। उनी भन्छन्, “दलभन्दा महत्वपूर्ण जनताको समस्या र समाधान हो। जनउत्तरदायी नेतृत्व र काम गर्ने संस्कृतिले मात्र देश बदल्न सक्छ।” यही विचारले गर्दा स्थानीय युवाहरूबीच उनी “न्यायका पक्षधर” र “इमानदार आवाज” का रूपमा चिनिएका छन्।
उनको यो सक्रियता, इमानदार दृष्टिकोण र सामाजिक प्रतिबद्धताले गाउँमा सकारात्मक ऊर्जा भित्र्याएको छ। घनश्याम यादवले आफूलाई भविष्यमा समाज र राष्ट्रका लागि समर्पित नेतृत्वको रूपमा स्थापित गर्ने दृढ अठोट लिएका छन्। उनको यो यात्रा अझै लामो छ, तर सुरुवात नै उदाहरणीय देखिन्छ। समाज रूपान्तरणका लागि कानुनी चेतना, सक्रिय सहभागिता र निष्ठाको मार्ग समातेका यादव जस्ता युवाको योगदानले समतामूलक र न्यायपूर्ण समाज निर्माणतर्फको बाटो सहज हुने कुरामा कुनै शंका छैन।
प्रतिक्रिया दिनुहोस
Water Aid UK टोलीद्वारा लहानका खानेपानी तथा सरसफाइ कार्यक्रमको अनुगमन, नगर विकासमा सहकार्य प्रभावकारी
१८ वर्षदेखि अलपत्र मुक्सारको खानेपानी ट्याङ्की: स्थानीय बासिन्दा काकाकुल, आश्वासनमै सीमित बन्दै योजना
बरियारपट्टी छोटी भन्सार कायम राख्न माग गर्दै जिरोमाईलमा राजमार्ग अवरुद्ध, जनप्रतिनिधि र राजनीतिक दलको समर्थन
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic