औरहीमा पाँच दिने नेतृत्व विकास तालिम सम्पन्न

  • असार २०, २०८२
  • ५६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लाल बिहारी यादव लहान २० । सिरहा जिल्लाको औरही गाउँपालिकामा आयोजित पाँच दिने नेतृत्व विकास तालिम बिहीबार सम्पन्न भएको छ। असार १५ गतेदेखि सुरु भएको उक्त तालिम सिरहा टाइम्स मिडिया हाउस प्रा.लि. सिरहाको आयोजनामा र औरही गाउँ कार्यपालिका कार्यालयको सहयोगमा सम्पन्न भएको हो। "युवा सशक्तिकरणका लागि नेतृत्व विकास तालिम" भन्ने मूल नारासहित सम्पन्न तालिममा औरही गाउँपालिकाका सबै पाँच वडाबाट करिब ५० जना युवायुवतीहरुको सहभागिता रहेको थियो।

तालिमको उद्देश्य गाउँमा रहेका युवा शक्तिलाई नेतृत्व क्षमतासम्पन्न बनाउनु, सामाजिक गतिविधिमा सक्रियता बढाउनु र जिम्मेवार नागरिकको भूमिकामा तयार गर्नु रहेको आयोजकले जनाएको छ। तालिमको उद्घाटनदेखि समापनसम्म विभिन्न सत्रहरुमा प्रशिक्षकहरू शम्भु चौधरी, लाल बिहारी (एलबी) यादव, महेश सिंह र मो. रहमुल राइनले सहभागिहरूलाई नेतृत्व विकास, सार्वजनिक बोलचाल, सामाजिक संजालको सदुपयोग, समूह निर्माण, निर्णय क्षमताको विकासलगायत विषयमा अभ्याससहित प्रशिक्षण दिएका थिए।

तालिम समापन समारोहको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष रेनू कुमारी यादव रहनुभयो भने कार्यक्रमको अध्यक्षता सिरहा टाइम्स मिडिया हाउस प्रा.लि. सिरहाका अध्यक्ष ओम प्रकाश यादवले गर्नुभएको थियो विशिस्ट अतिथिमा सुन्दर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक विवेक कुमार यादव, औरही गाऊं पालिकाका वडा न.३ का वडा अध्यक्ष जीवछ यादव तथा सन्चारकर्मी प्रजोल चौधरी, चन्द्र कान्त चौधरी सहितको सहभागी रहेको थियो। तालिमको अन्तिम दिन प्रशिक्षक शम्भु चौधरीले समापन सत्र सञ्चालन गर्नुका साथै सहभागीहरूसँग तालिमका अनुभव आदानप्रदान गर्नुभएको थियो। समारोहमा विशेष अतिथिका रुपमा सहभागी हुनुभएका राष्ट्रियसमाचार समिति सिरहाका प्रमुख सुदीप राउत ले तालिमको स्तरीयता र प्रभावकारिताको प्रशंसा गर्नुभयो। उहाँले स्थानीय तहको सक्रिय सहभागिता र मिडिया संस्थाको पहलले गाउँस्तरमा ठूला परिवर्तन ल्याउन सक्ने बताउँदै सहभागी युवाहरूले तालिममा सिकेका सीप व्यवहारमा उतार्न आग्रह गर्नुभयो।

प्रेम मन्च सिरहाका अध्यक्ष समेत रहेका प्रशिक्षक महेश शिंहले तालिमका क्रममा युवाहरूको सक्रिय सहभागिता, जिज्ञासा र आत्मविश्वासले आफूलाई हर्षित बनाएको बताउँदै यस्ता तालिमहरू निरन्तर आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी सम्पूर्ण युवायुवतीहरुलाई आयोजक संस्था तथा गाउँपालिका कार्यालयको तर्फबाट प्रमाणपत्र वितरण गर्नुका साथै गम्छा र उत्कृष्ट कालो पिठ्यु ब्याग प्रदान गरिएको थियो। सहभागीहरुले तालिमबाट आफूहरुले नेतृत्व क्षमताको विकास, टीमवर्क, आत्मविश्वास अभिवृद्धि, सहकार्य र सार्वजनिक सम्बोधन जस्ता धेरै कुरा सिकेको अनुभव सुनाएका थिए।

समापन समारोहमा बोल्दै प्रमुख अतिथि उपाध्यक्ष यादवले तालिमको सफलतामा प्रशिक्षकको भूमिका महत्वपूर्ण रहेको बताउँदै सम्पूर्ण प्रशिक्षक र आयोजक संस्था सिरहा टाइम्सलाई धन्यवाद दिनुभयो। उहाँले यस्ता तालिमहरूले युवाहरूमा जिम्मेवारी बोध, आत्मबल र क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा समेत गाउँपालिकाबाट यस्ता कार्यक्रमलाई प्राथमिकता दिइने जानकारी दिनुभयो। कार्यक्रममा अन्य वक्ताहरूले गाउँमा क्रियाशील युवा संगठनहरूलाई अझ सशक्त बनाउन, समावेशी र प्रभावकारी तालिममार्फत अवसर प्रदान गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

तालिम समापनको अवसरमा सहभागि युवाहरुले “यो तालिम हाम्रो जीवनको एउटा महत्वपूर्ण मोड हो” भन्दै अनुभूति साझेदारी गरे। कार्यक्रमको अन्त्यमा आयोजक संस्था सिरहा टाइम्स मिडिया हाउसका अध्यक्ष ओम प्रकाश यादवले सम्पूर्ण सहयोगदाताहरू, प्रशिक्षक, सहभागी र गाउँपालिकालाई धन्यवाद दिँदै भविष्यमा पनि सामाजिक परिवर्तनका अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

लहानमा पुनः आन्दोलनक ...

ओम प्रकाश यादव लहान, साउन २ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतले दिएको परमादे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१