Siraha Times
ताजा समाचार

नेशनल लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा बिन्धी धनुषाद्वारा १२ औ बार्षिक उत्सवको शुभ उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न

  • असार १८, २०८२
  • ९२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा / असार १८ गते । नेशनल लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय बिन्धी, धनुषा द्वारा १२ औ बार्षिक उत्सवको शुभ उपलक्ष्यमा रक्तदान कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ । मधेश रक्तसञ्चार सेवा मुजेलिया जनकपुरधामको प्रबिधिक सहयोगमा नेशनल लघुबित्त बित्तिय संस्थाका कर्मचारी लगायत ग्राहक सदस्यहरुले रक्तदान गरेका छन ।

कार्यक्रमको औपचारिक रुपले उदघाटन कार्यक्रमको सभापती एवम नेशनल लघुबित्त अनुगमन कार्यालय बर्दिबासको अनुगमन अधिकृत श्री बालिष्टर यादव ज्यु, प्रमुख अतिथी जनाकपुरधाम उप-महानगरपालिका २३ का वडा अध्यक्ष श्री राघबेन्द्र साह ज्यु, कार्यक्रमका संचालक एवम नेशनल लघुबित्त शाखा कार्यालयका शाखा प्रमुख श्री पंकज यादव ज्यु, कार्यक्रमका अतिथी एवम् ईलाका प्रहरी कार्यालय जिरोमाईल धनुषाका ईन्चार्ज श्री रामकुमार यादव ज्यु लागयतले संयुक्त रुपले दिप प्रज्वलन गरि उदघाटन गर्नुभएको थियो ।

कार्यक्रममा अतिथिको रुपमा नेशनल लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय बर्दिबास, जलेश्वर, लोहारपट्टी तथा नगराईन का शाखा प्रमुख क्रमशः जामुन प्र. यादव, संजय यादव, मनोज यादव तथा पुनम कुमारी यादव लगायत सथानिय भद्रभलादमी तथा महानुभावहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन शाखा प्रमुख पंकज यादवले गर्नुभएको थियो । कार्यक्रममा बर्दिबास शाखाका शाखा प्रमुख जामुन यादवले स्वागत मन्तव्य राखेका थिए ।

ईलाका प्रहरी कार्यालय जिरोमाईल धनुषाका ईन्चार्ज श्री रामकुमार यादव ज्युले समेत मन्तब्य राख्नुभएको थियो । त्यसैगरी प्रमुख अतिथी राघबेन्द्र साह ज्युले नेशनल लघुबित्तले दुर दराजमा भएका ग्रामिण निमुखा जनतालाई स्वरोजगार बन्न सहयोग गरिरहेकोले नेशनल लघुबित्तको दिन दुई गुना रात चौगुना प्रगतिहोस भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सभापती तथा अनुगमन कार्यालय बर्दिबासका अनुगमन अधिकृत श्री बालिष्टर यादव ज्युले संस्थाको काम कर्तव्य तथा दायित्वको बारेमा स्पष्ट पर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

कमला पुलको दुरावस्था ...

सिरहाटाइम्स लहान जेष्ठ ३० । मधेस प्रदेशको आर्थिक समृद्धि, व्यापारिक गतिविधि तथा जनजीवनलाई गति दिने म ...

​सडक मर्मतको माग गर् ...

​जेठ २९, उदयपुर । ​चुहाडे–जलजले सडक खण्डमा दैनिक रूपमा सञ्चालन हुँदै आएका टिप्परहरूलाई स्थानीय ...

दुई ढुंगाबीचको तरुल ...

​विनोद अविरल पश्चिम नवलपरासी, जेठ २९ । ​"नेपाल र भारत दुई ढुंगा हुन् भने हामी सुस्ताबासी त्यसको बीचम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१