ताजा समाचार

सभापति बनैतामाथि एमाले नेता साहको असभ्य टिप्पणी, महासंघद्वारा कारबाहीको माग

  • असार १८, २०८२
  • ७९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १८ असार । नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैतामाथि नेकपा एमाले लहान नगर अध्यक्ष राजकुमार साहले असभ्य भाषा प्रयोग गर्दै सामाजिक सञ्जालमार्फत् गम्भीर आरोप लगाएका छन्। साहले वर्षौं पुरानो भिडियो सार्वजनिक गरेको विषय उठाउँदै बनैताको चरित्र हत्या गर्न खोजेको भन्दै आलोचना भइरहेको छ। साहले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै “खाते” जस्ता अमर्यादित शब्द प्रयोग गरेका छन्। तर उनले कुन भिडियो, कस्को भिडियो भन्ने स्पष्ट उल्लेख गरेका छैनन्। तर पनि ती शब्द पत्रकार महासंघका सभापति बनैतालाई लक्षित गरी प्रयोग गरिएको भन्दै त्यसको चर्को विरोध भएको छ।

यो विषय सार्वजनिक भएपछि नेपाल पत्रकार महासंघ सिरहाले विज्ञप्ति जारी गर्दै अध्यक्ष साहको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघका सचिव मुकेश यादवद्वारा जारी विज्ञप्तिमा साहले भ्रमपूर्ण र बदनियतपूर्ण ढंगले आरोप लगाएको भन्दै कारबाहीको माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “यदि कुनै भिडियो सामग्री सत्यतथ्यमा आधारित छ भने त्यसको प्रसारण गर्नु पत्रकारको अधिकार मात्र नभई कर्तव्य पनि हो।

तर त्यसलाई लिएर पत्रकार महासंघका सभापति बनैतामाथि गालीगलौज गर्नु निन्दनीय मात्र नभई सम्पूर्ण पत्रकार समुदायप्रतिको अपमान पनि हो।” महासंघले अध्यक्ष साहको व्यवहारलाई प्रेस स्वतन्त्रता, पत्रकारको छविमाथि आक्रमण र नियोजित रुपमा चरित्र हत्या गर्न खोजिएको प्रयासको रूपमा लिएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤