Siraha Times
ताजा समाचार

नवराजपुरको गेरुवाहा गाउँमा RCC ढलानको विधिवत शिलान्यास सम्पन्न

  • असार १३, २०८२
  • ६९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान असार १३। सिरहाको नवराजपुर गाउँपालिका वडा न .१ अन्तर्गत गेरुवाहा गाउँमा गाउँपालिकाको विशेष योजनाअन्तर्गत बन्ने संरचनाको RCC ढलान कार्य आज विधिवत रूपमा शिलान्यास गरिएको छ। कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष शिव उदगार यादव ‘शिवा’ले गर्नु भएको थियो। शिलान्यास समारोह धार्मिक विधिअनुसार पूजा–अर्चना गरि सम्पन्न गरिएको हो। कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, भरभलादमी, वडाअध्यक्ष, कर्मचारी र गाउँवासीको उत्साहजनक उपस्थिति रहेको थियो।

शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष यादवले विकास निर्माणमा देखिएको ढिलासुस्तीलाई अब अन्त्य गरी दिगो र दीगो पूर्वाधार निर्माणमा गाउँपालिकाले विशेष ध्यान दिने बताए । “विकासलाई टुलुटुलु हेर्ने होइन, अब गाउँका योजनाहरूलाई जनसहभागितामा तीव्र गतिमा अगाडि बढाउने हाम्रो उद्देश्य हो,” उनले भने।

गाउँपालिकाको विशेष बजेट अन्तर्गत निर्माण हुने यो RCC ढलानले स्थानीयवासीलाई दैनिक जीवनमा सहजता ल्याउने र ग्रामिण पूर्वाधारको स्तरोन्नति हुने अपेक्षा गरिएको छ। गेरुवाहा गाउँवासी लामो समयदेखि बाटो तथा सार्वजनिक स्थलको सुधारको माग गर्दै आएका थिए। यो शिलान्यासपछि स्थानीयमा उत्साह र आशा थपिएको देखिएको छ। कार्यक्रममा प्रमुख अतिथि तथा वडाध्यक्ष, महिला प्रतिनिधिहरू, युवा अगुवा, कर्मचारी र पत्रकारहरूको समेत उपस्थिति रहेको थियो। गाउँपालिका कार्यालयका इन्जिनियरले कार्यविधि, सामग्रीको गुणस्तर, र कार्यसम्पादनमा पारदर्शिता सुनिश्चित गरिने बताएका छन्।

कार्यक्रमको अन्त्यमा गाउँपालिका अध्यक्ष यादवले निर्माण कार्यको गुणस्तरमा कुनै सम्झौता नगर्ने र समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै सबैलाई सहयोग र निगरानी गर्न आह्वान गरेका थिए। 

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१