Siraha Times
ताजा समाचार

पोखरियाका तत्कालिन अधिकृत अजय श्रीवास्तव निलम्बन

  • असार ८, २०८२
  • १२२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज ८ असार । पोखरिया नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव आईतवार निलम्बनमा परेका छन् । 

पोखरिया नगरपालिकामा अनियमित्त तरिकाले कर्मचारी भर्ना गरेको लगायत योजना तथा जिन्सीमा अनियमित्ता गरेको तथ्य पुष्टि भएकोले अधिकृत श्रीवास्तवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंको टोलीले शुक्रवार ६ गते वीरगंजबाट पक्राउ गरेको थियो ।
पक्राउ पश्चात सम्मानित विशेष अदालत काठमाडौंबाट अख्तियारले आज म्याद थमाई थप अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जनाएको छ ।
अनियमित्त कर्मचारी नियुक्तीमा अधिकृत श्रीवास्तवले आफ्नो खातामा रकम जम्मा गराएको स्रोतको कथन रहेको छ । अधिकृत श्रीवास्तव हाल बहुदरमाई नगरपालिकामा कार्यरत्त रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१