लक्ष्मीपुर पतारीदेखि भौरसम्मको सडक स्तरोन्नतिको शिलान्यास, जनतामा उत्साह

  • जेठ ३०, २०८२
  • २२७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान जेठ ३० । सिरहा जिल्लाको लक्ष्मीपुर पतारीदेखि भौरसम्मको सडक स्तरोन्नतिको काम आज औपचारिक रूपमा सुरु गरिएको छ। प्रदेश सांसद माननीय राजकुमार गुप्ता (राजू) को प्रमुख आतिथ्यमा आयोजना गरिएको शिलान्यास कार्यक्रममा विभिन्न दलका स्थानीय नेतादेखि नागरिक प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

ईप्रका प्रसौनी बाराको घुमुवा 4

कार्यक्रमको अध्यक्षता मधेस प्रदेश समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष दीपेश कुमार यादवले गरेका थिए। प्रमुख अतिथि सांसद गुप्तासँगै लक्ष्मीपुर पतारी वडा नं. ४ का वडा अध्यक्ष अजय कुमार, जनता समाजवादी पार्टीका गाउपालिका अध्यक्ष नागेन्द्र कुमार यादव, तथा भगवानपुरका भू.पु. गा.पा. अध्यक्ष बेचन यादव, जसपा नेपाल जिल्ला उप सचिब इन्दल कुमार मन्डल , पुर्ब वाडा अध्यक्ष महेन्द्र प्रसाद यादवका कार्यक्रममा विशेष अतिथि थिए।

ईप्रका प्रसौनी बाराको घुमुवा 5

अध्यक्ष दीपेश यादवले आफ्नो मन्तव्यमा सडकको स्तरोन्नतिको आवश्यकता र महत्वबारे जोड दिँदै भने, “लक्ष्मीपुर पतारी वडा ४ को पत्थरगाडा र सखुवानन्कारकट्टी वडा १ को कटैया जोड्ने यो सडक स्थानीयका लागि अत्यन्त महत्त्वपूर्ण छ। विगतमा हिलो, खाल्टाखुल्टीका कारण आवतजावत कठिन थियो। अब यो सुधारसहितको बाटो निर्माणपछि जनजीवनमा सहजता आउने विश्वास लिइएको छ।” सडक स्तरोन्नतिको कार्य मधेस प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको निर्देशनमा सुरु गरिएको हो। योजनाको जिम्मेवारी पूर्वाधार विकास कार्यालय, सिरहाले लिएको छ। परियोजनाको नाम “लक्ष्मीपुर पतारी–पथलगाडा–भौर सडक स्तरोन्नति योजना” राखिएको छ। निर्माणस्थल पथलगाडा स्कुलदेखि भौरको हनुमान मन्दिरसम्म निर्धारण गरिएको छ।

ईप्रका प्रसौनी बाराको घुमुवा 6

उक्त सडक स्तरोन्नति योजना लक्ष्मीपुर पतारी–पथलगाडा–भौर सडक स्तरोन्नति उपभोक्ता समिति, सिरहा को नेतृत्वमा निर्माण हुँदैछ। समितिको अध्यक्ष सन्तोष कुमार बादव रहेका छन्। योजना पारदर्शिता र जनसहभागिताका आधारमा उपभोक्ता समितिमार्फत कार्यान्वयनमा ल्याइएको हो। यस योजनाको लागि रु. २५,५६,५०७.८२ लागत अनुमान गरिएको छ, जसमा रु. १,५६,५०७.८२ जनश्रमदानमार्फत जुटाइनेछ भने बाँकी रु. २४,००,००० प्रदेश सरकारद्वारा प्रदान गरिनेछ। योजना २०८१ साल चैत ६ गते सम्झौता भएको हो र सोही दिन निर्माण कार्यसम्पादनका लागि उपभोक्ता समितिलाई कार्यादेश दिइएको थियो।

निर्माण कार्य २०८२ साल जेठ ३० गते भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पूर्वाधार विकास कार्यालय, सिरहाका अनुसार योजना छनोटदेखि कार्यादेशसम्मका सबै प्रक्रिया पारदर्शी रूपमा सम्पन्न भएका छन्। स्थानीय जनश्रम प्रयोग, स्वामित्व भावना विकास, सहज अनुगमन र गुणस्तरीय निर्माणका लागि उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन गरिँदैछ। यस सडक स्तरोन्नतिले लक्ष्मीपुर पतारीदेखि भौरसम्मको यातायात सञ्जाललाई मजबुत बनाउने छ। साथै, सामाजिक–आर्थिक गतिविधिमा समेत सहजता ल्याउने विश्वास गरिएको छ।

स्थानीय बासिन्दाहरू सडक स्तरोन्नति योजनाको सुरुवातप्रति उत्साहित देखिएका छन्। नागरिकहरू सडक निर्माणले दैनिक आवतजावत, बजार पहुँच, स्वास्थ्य तथा शिक्षा सेवामा प्रत्यक्ष सुधार आउने विश्वासका साथ निर्माण कार्य शीघ्र र गुणस्तरीय रूपमा सम्पन्न होस् भन्ने अपेक्षा राखिरहेका छन्। उपभोक्ता समितिका अध्यक्ष सन्तोष बादवले भने, “स्थानीय स्तरमै योजना कार्यान्वयन हुँदा जनश्रमदान, निगरानी र पारदर्शिता कायम रहन्छ। हामी सबैको सक्रिय सहभागितामार्फत गुणस्तरीय र समयमै योजना सम्पन्न गर्ने अठोट लिएका छौं।” 

यो स्तरोन्नतिले लक्ष्मीपुर पतारी क्षेत्रको भौतिक पूर्वाधार सुदृढ गर्दै दीर्घकालीन विकासको जग बसाल्ने अपेक्षा गरिएको छ। योजनाले न केवल यातायात सहज बनाउनेछ, बरु गाउँको समग्र जीवनस्तर उकास्न पनि योगदान पुर्‍याउने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिका-१३ मा ...

ओम प्रकाश यादव लहान, २५ असार । लहान नगरपालिका-१३ पक्कीटोलमा निर्माण सम्पन्न भएको अस्थायी प्रहरी चौकी ...

बोदेबर्साइनमा औँठा छ ...

 सप्तरी, २२ असार । सप्तरीको बोदेबर्साइन नगरपालिकामा औँठा छाप उन्मुलन सम्बन्धि गोष्ठी सम्पन्न भए ...

सखुवानन्काकट्टी ३ का ...

रहमुल लहान २२ अषाढ । सिरहाको सखुवानन्काकट्टी ३ महदेवा पोर्ताहा माविको शानदार एसईई नतिजा: ८६% विद्यार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१