सेवा निवृत्त शिक्षकबाट समाजसेवाको अनुपम उदाहरण : निजी चार धुर जग्गा रबिदास सेवा समितिलाई दान

  • जेठ २३, २०८२
  • ६२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान जेठ २३ । सिरहाको धनगढीमाई नगरपालिका–२ भवानीपुरका सेवा निवृत्त शिक्षक काशीलाल चौधरीले समाजसेवाको अनुकरणीय उदाहरण प्रस्तुत गर्दै लाखौँ रुपैयाँ बराबरको निजी चार धुर जग्गा रबिदास सेवा समिति भवानीपुरलाई दान गरेका छन्।

समितिका अध्यक्ष जोगिन्द्र रामलाई विधिवत् लालपुर्जासहित जग्गा हस्तान्तरण गर्दै चौधरीले सामाजिक दायित्वप्रति आफ्नो दृढ प्रतिबद्धता प्रस्तुत गरेका हुन्। उक्त जग्गा हस्तान्तरण कार्यक्रम स्थानीय समाजसेवी राम आशिष रायको विशेष पहलमा सम्पन्न भएको थियो। राय २०४३ सालदेखि सामाजिक सेवामा निरन्तर क्रियाशील छन् र समाजको हकहितमा विभिन्न पहल गर्दै आइरहेका छन्।

भवानीपुरस्थित चमार समुदायको बाहुल्य रहेको बस्तीमा हाल करिब ८२ घरधुरी रहेका छन्। तीमध्ये अधिकांश परिवारसँग निजी जग्गा नहुँदा वर्षौंदेखि सरकारी जमिनमा आश्रित जीवन बिताउँदै आएका छन्। मुसहर, तेली, बिक, पहाडी र थारु जातीय समुदायको मिश्रित बसोबास रहेको यस टोलका बासिन्दाहरू सामाजिक तथा भौतिक पूर्वाधारको अभावमा पीडित छन्।

काशीलाल चौधरीले दान गरेको जग्गा सामुदायिक भवन निर्माणका लागि प्रयोग गरिने र उक्त भवन सबै समुदायका लागि खुल्ला रहने रबिदास सेवा समितिका अध्यक्ष जोगिन्द्र रामले जानकारी दिए। छ वर्षअघि मोरङको दागरबैरीया स्थित किसान निमावि विद्यालयबाट सेवा निवृत्त भएका चौधरीको यो योगदानले समुदाय सशक्तीकरण र सामाजिक समावेशीताको दृष्टिकोणले गहिरो सन्देश दिएको स्थानीयवासीहरूले बताएका छन्। उनका अनुसार यस्तो योगदानले समाजमा सकारात्मक ऊर्जा सिर्जना गर्ने विश्वास लिइएको छ। स्थानीय तहका प्रतिनिधिहरू, सामाजिक अभियन्ता, बुद्धिजीवी र सर्वसाधारणले चौधरीको योगदानप्रति आभार प्रकट गर्दै भवानीपुरको समग्र विकासमा यो कदम कोसेढुंगाको रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

हाइवे ह्याकर्स ऐसी ब ...

कृष्णानगर, कपिलवस्तु, असोज २६ । कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्र ...

सिरहाको छुट्टाछुट्टै ...

लहान, असोज २६। सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुटटै स्थानबाट लागु औषध सहित तीन जनालाई पक्राउ गरेक ...

जसपा नेपाल मधेश प्रद ...

जनकपुरधा, २६ असोज । जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश अधिवेशनको तयारी पूरा भएको जनाइएको छ ।&nbs ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१