ओम प्रकाश यादव, लहान, २२ जेठ । लहान, सिराहा लहान बजारमा यतिबेला आँप किन्ने ग्राहकको भीड देखिन्छ। सडक छेउका ठेलागाडादेखि लिएर किराना पसलसम्म आँपकै थुप्रो देखिन्छ। तर, बजारमा देखिएको यो रौनक र चहलपहल किसानका लागि भने पीडादायक बनेको छ। सप्तरीको कुसहा गाउँबाट ल्याइएको आँप लहानको बजारमा प्रशस्त मात्रामा पाइए पनि यसको मूल्य भने अत्यन्तै न्यून छ। यसले किसानहरूलाई आर्थिक रूपमा गम्भीर क्षति पुर्याएको छ।
पाँच बिघा जमिनमा ठेक्का लिएर आँप खेती गरेका कृषक बिरेन्द्र पासमान भन्छन्, "हामीले ठूला आशा राखेर साईं लगायौं, तर अहिले बजारमा रेट नै छैन। लगानी गरेको पूँजी पनि निस्कने स्थिति छैन।" उनका अनुसार बजारमा आमको मूल्य प्रति किलो ३० देखि ४० रुपैयाँ मात्र पाइरहेको छ। यस्तो मूल्यले कृषकको श्रम र लगानी दुवैलाई अपमानित बनाएको छ। "मल, औषधि, मजदुर, सिँचाइ र यातायातमा ठूलो खर्च भएको छ। तर अहिलेको मूल्यले त घाटामै जानुपर्ने स्थिति छ," पासमानले गुनासो गरे।
लहान बजारमा दैनिक सयौं टन आँप ल्याइन्छ। यस वर्ष गर्मी मौसम अनुकूल भएकाले आमको उत्पादन राम्रो भएको थियो। तर उचित मूल्य नपाउँदा किसानको उत्साह निराशामा परिणत भएको छ। बजारमा भारतबाट आयात भएको सस्तो आमले पनि नेपाली किसानको उत्पादनलाई असर पुर्याएको छ। कृषकहरू भन्छन्, "हामीले मेहनत गरेर उत्पादन गरेका फल भारतबाट आयात हुने सस्तो आमसँग प्रतिस्पर्धा गर्न सक्दैन।"
स्थानीय निकाय र सम्बन्धित निकायले मूल्यको निगरानी र नियमन नगरेकोप्रति किसानहरूले गम्भीर असन्तोष जनाएका छन्। उनीहरूको माग छ "हामीले पसिना बगाएर उत्पादन गरेका फलको उचित मूल्य पाउनुपर्छ। नत्र, आगामी वर्ष आँप खेतीमै लाग्ने उत्साह घट्नेछ।" सिराहा, सप्तरी लगायतका तराईका जिल्लामा आम उत्पादन बढ्दो क्रममा छ। यदि समयमै उचित मूल्य सुनिश्चित गरिएन भने यो सम्भावनाशील कृषि क्षेत्र धरासायी हुने खतरा रहेको कृषि विज्ञहरू बताउँछन्। अब यस्ता समस्यालाई दीर्घकालीन समाधान दिन स्थानीय सरकार र सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ। किसानले लगाएको मेहनतको सम्मान गर्दै बजार व्यवस्थापन र मूल्य स्थायीत्वमा ध्यान नदिए कृषि व्यवसायप्रति बढ्दो निराशा भयावह परिणाममा पुग्न सक्छ।
प्रतिक्रिया दिनुहोस
Water Aid UK टोलीद्वारा लहानका खानेपानी तथा सरसफाइ कार्यक्रमको अनुगमन, नगर विकासमा सहकार्य प्रभावकारी
१८ वर्षदेखि अलपत्र मुक्सारको खानेपानी ट्याङ्की: स्थानीय बासिन्दा काकाकुल, आश्वासनमै सीमित बन्दै योजना
बरियारपट्टी छोटी भन्सार कायम राख्न माग गर्दै जिरोमाईलमा राजमार्ग अवरुद्ध, जनप्रतिनिधि र राजनीतिक दलको समर्थन
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic