सखुवानन्कारकट्टीमा विपतका समयमा शिक्षाको निरन्तरताका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • जेठ २१, २०८२
  • ३९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २१ जेठ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ५ को मा.बि. महेशवारीमा मिति :२०८२/०२/१५ गते देखि २०८२/०२/२१ गते सम्म शिक्षा, युवा तथा खेलकुद शाखा सखुवानन्कारकट्टी गाउँपालिकाको आयोजनामा ,"कला संस्कृति हाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान" मुलनाराका साथ विपतका समयमा सिकाई निरन्तरताका लागि सिकाई आपूरण तथा सिकाई योजना कार्यान्वयन सम्बन्धी प्र.अ. तथा शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा पालिका भित्रका २० वटा बिधालयका प्र.अ. र शिक्षक गरि ४० जनाको सहभागीता रहेको थियो भने शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवको दमदार प्रस्तुति रहेको थियो। प्रशिक्षक यादवले प्रस्तुत गरेका बिषयहरु यस प्रकार रहेको थियो। विपतका समयमा सिकाई निरन्तरताका लागि सिकाई आपूर्ति तथा सिकाई योजना कार्यान्वयन सम्बन्धी प्र.अ. तथा शिक्षक अभिमुखीकरण कार्यक्रम" भन्ने शीर्षकले शिक्षा क्षेत्रमा संकट (जस्तै : भूकम्प, महामारी, बाढी, आदि) का कारण विद्यार्थीको नियमित अध्ययन प्रभावित भएको अवस्थामा सिकाई निरन्तरता सुनिश्चित गर्न तयार पारिएको योजनात्मक प्रयासलाई जनाउँछ प्रशिक्षक यादवले बताएका थिए।

यस कार्यक्रम अन्तर्गत प्रशिक्षक यादवले मुख्य उद्देश्यहरू र गतिविधिहरू निम्नानुसार हुन्छन् बताएका थिए। मुख्य उद्देश्यहरू: विपतको अवस्थामा पनि सिकाइलाई निरन्तरता दिने व्यवस्था मिलाउने। सिकाइ आपूर्ति योजना (Learning Continuity Plan - LCP) तयार गर्न र लागू गर्न शिक्षक र प्र.अ.लाई सक्षम बनाउने।वैकल्पिक सिकाइ विधि (जस्तै रेडियो, टिभी, अनलाइन, घर-घर भ्रमण) को उपयोगबारे जानकारी दिनु। सामुदायिक सहभागिता बढाउँदै विद्यार्थीको पहुँच सुनिश्चित गर्ने।सुरक्षित सिकाइ वातावरण (Psychosocial Support, सुरक्षित स्थान) सुनिश्चित गर्ने बताएका थिए।

प्रशिक्षक यादवले कार्यक्रमका लागि मुख्य विषयवस्तु बारेमा यसरी बताएका थिए। सिकाइ निरन्तरताको अवधारणा र महत्व। संकटको समयमा शिक्षाको निरन्तरता किन आवश्यक?शिक्षा गुमाउनुको दीर्घकालीन असरहरू, सिकाइ आपूर्ति, योजना (LCP) बनाउने प्रक्रिया,विद्यालय स्तरको योजना कसरी बनाउने?जोखिम मूल्यांकन, स्रोत साधनको पहिचान, गतिविधि निर्धारण,वैकल्पिक सिकाइ माध्यमहरूको परिचय र प्रयोग विद्युतीय (टिभी, रेडियो, मोबाइल एप, अनलाइन कक्षा) कागजी सामग्री (वर्कबुक, होमप्याक) जस्ता महत्वपुर्ण बिषयमा चर्चा गरेका थिए।

समुदाय र अभिभावक संलग्नता सम्बन्धमा प्रशिक्षक यादवले पुनःस्कुलिङ्ग / रिमिडियल शिक्षाको तयारी,विद्यालय खुलेपछि कसरी पुनः समायोजन गर्ने?सिकाइ ग्याप कसरी पहिचान र सम्बोधन गर्ने? मानसिक सामाजिक सहयोग (Psychosocial Support) विद्यार्थी र शिक्षकको मनोबल बढाउने तरिका संकटपछिको शिक्षा वातावरण व्यवस्थापन सम्बन्धमा खुलेर बताएका थिए। अनुगमन तथा मूल्याङ्कन प्रणालीको बारेमा प्रशिक्षणको क्रममा यादवले योजनाको कार्यान्वयन अनुगमन कसरी गर्ने? परिणाम मूल्याङ्कनका संकेतकहरू, अभिमुखीकरण कार्यक्रममा समावेश गरिने क्रियाकलापहरू,प्रशिक्षण सत्र,समूह कार्य र अभ्यास,अनुभव साटासाट (best practices),नमुना योजना बनाउने कार्यशाला,स्थानीय स्तरमा अनुकूलन अभ्यास जस्ता बिषयमा सबिस्तार जानकारी गराएका थिए।

अभिमुखिकरण पश्चात् आशा गरिएका परिपश्चात शिक्षक र प्र.अ.मा संकट व्यवस्थापन र वैकल्पिक शिक्षण विधिमा दक्षता प्रत्येक विद्यालयमा संकटकालीन सिकाइ योजना तयार विद्यार्थीहरूको सिकाइ निरन्तरता सुनिश्चित हुने शिक्षा शाखा प्रमुख यादवले बताएका हुन। “विपतका समयमा सिकाई निरन्तरताका लागि सिकाई आपूर्ति तथा योजना कार्यान्वयनसम्बन्धी शिक्षा शाखा प्रमुख यादवले कार्यक्रमको ढाचा निम्न बमौजिम प्रस्तुत गरेका थिए।प्र.अ. तथा शिक्षक अभिमुखीकरण कार्यक्रम” को ढाँचा, प्रशिक्षण सामग्री, र स्थानीय भाषामा योजनाको नमुना प्रस्तुत गरिएको छ।

कार्यक्रमको ढाँचा (Structure of Orientation Program)दिन मुख्य विषय उप-विषय / क्रियाकलाप पहिलो दिन कार्यक्रमको परिचय र संकटमा शिक्षा - शिक्षा र विपद् : स्थिति र प्रभाव सिकाइ निरन्तरता के हो? विगतका सिकाइ संकटका उदाहरण (COVID-19, भूकम्प) दोस्रो दिन सिकाइ आपूर्ति योजना (Learning Continuity Plan - LCP) - LCP के हो? योजना बनाउने चरणहरू जोखिम मूल्याङ्कन र पहुँच पहिचान,तेस्रो दिन वैकल्पिक शिक्षण विधिहरू - रेडियो/टिभी/अनलाइन कक्षा,होमप्याक र समुदाय-आधारित सिकाइ ICT उपकरणको प्रयोग चौथो दिन मनोसामाजिक सहयोग र सिकाइ ग्याप पूर्ति - मानसिक सहयोग कसरी दिने? सिकाइ ग्याप पहिचान रिमिडियल शिक्षण विधि,पाँचौ दिन योजना अभ्यास र कार्यशाला - विद्यालयस्तरको LCP बनाउने अभ्यास प्रस्तुतिकरण र छलफल, कार्यान्वयन रणनीति बनाउने।

प्रशिक्षण सामग्री (Training Materials) सामग्री सूची: PowerPoint प्रस्तुति (PPT) – प्रत्येक दिनको विषय अनुसार, हात पुस्तक (Handbook) – शिक्षक/प्र.अ.का लागि निर्देशिका,वर्कबुक (Workbook) – सिकाइ योजना अभ्यासका लागि, सहभागी कार्यपत्रहरू – समूह छलफलका लागि,मुल्याङ्कन फारमहरू – पूर्व / पश्च मूल्याङ्कन मुख्य विषयहरू (लोकल भाषामा) कार्यक्रममा प्रस्तुत भएका थिए। "संकटको समयमा पनि पढाइ किन जरुरी छ?" भने बिषयमा प्रशिक्षक यादवले "विद्यार्थीलाई घरमै कसरी सिकाउने?" "बुवाआमा र समुदायलाई कसरी संलग्न गर्ने?""विद्यालय खुलेपछि के के ध्यान दिनुपर्छ?" स्थानीय भाषामा नमूना योजना (Sample LCP in Nepali), कसरी गर्ने बिषयमा व्यापक छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस

चेतनामूलक कार्यक्रमक ...

शिव दयाल यादव सिरहा जेठ २३ । कल्याणपुर नगरपालिकामा चेतनामूलक कार्यक्रम, नाटक तथा तालिम जस्ता शीर्षकम ...

सप्तरीको सुरुङ्गा नग ...

ओम प्रकाश यादव, लहान जेठ २३ । सप्तरीको सुरुङ्गा नगरपालिकामा गए राति डकैतीपछिको आक्रमणमा एक जनाको ज्य ...

यातायात कलैयाका प्रम ...

रंजित चौरसिया,वीरगंज २३ जेष्ठ । यातायात व्यवस्था कार्यालय कलैया बाराले बिहिवार लिएको सवारी चालक अनुम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१