Siraha Times
ताजा समाचार

छोरीको बिहेका लागि खाडी मुलुक बाट युवाहरुको नगद राशी सहयोग

  • जेठ १७, २०८२
  • ९२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया सिरहा, जेठ १७ । आर्थिक अभावका कारण छोरीको विवाह गर्न नसकेका सिरहा नगरपालिका–११ भलुवाहीका एक गरिब परिवारलाई खाडी मुलुक कतारमा रहेको एक युवाले सहयोग गरेका छन । सिरहा नपा-११ भलुवाही बस्ने अजोध कामतीको आर्थिक अवस्था कम्जोर देखेर समाजसेवी अर्जि कामती तीस हजार, विरदेव साह साढे पाँच हजार र धनिकलाल कामती तीन हजार पाँच सय रुपैयाँ साथै अन्य उनकै गाउँको साथीहरुले पनि सहयोग गरेको छ ।

छोरीको विवाह खर्चस्वरूप ५१ हजार रुपैयाँ नगद राशि प्रदान गरि सहयोग गरेका हुन्। यही १९ गते छोरीको बिहे रहेकोले सहयोग प्राप्त भएको रकमले निकै सहयोग भएकोले वुवा कामतीले सहयोगी दातालाई धन्यवाद दिएका छन । मानव सेवा नै वास्तविक धर्म हो' भन्ने सोचका साथ कतारको दोहामा पसिना बगाई रहेका कामतले विगतदेखि नै समाजका अति विपन्न, असहाय, दलित तथा गरिब वर्गका व्यक्तिहरूलाई व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्दै आएको सुनिल कामतीले बताएका छन्। यो भन्दा अगाडि पनि विभिन्न किसिमको सहयोग गर्दै आएकोले भोलीको दिनमा यस कामलाई निरन्तरता दिने कामतीले जानकारी दिएका छन । समाजसेवाको भावनाले प्रेरित कामतको सहयोगले पीडित परिवारहरूले राहत महसुस गरेका छन्।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१