छोरीको बिहेका लागि खाडी मुलुक बाट युवाहरुको नगद राशी सहयोग

  • जेठ १७, २०८२
  • ६५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया सिरहा, जेठ १७ । आर्थिक अभावका कारण छोरीको विवाह गर्न नसकेका सिरहा नगरपालिका–११ भलुवाहीका एक गरिब परिवारलाई खाडी मुलुक कतारमा रहेको एक युवाले सहयोग गरेका छन । सिरहा नपा-११ भलुवाही बस्ने अजोध कामतीको आर्थिक अवस्था कम्जोर देखेर समाजसेवी अर्जि कामती तीस हजार, विरदेव साह साढे पाँच हजार र धनिकलाल कामती तीन हजार पाँच सय रुपैयाँ साथै अन्य उनकै गाउँको साथीहरुले पनि सहयोग गरेको छ ।

छोरीको विवाह खर्चस्वरूप ५१ हजार रुपैयाँ नगद राशि प्रदान गरि सहयोग गरेका हुन्। यही १९ गते छोरीको बिहे रहेकोले सहयोग प्राप्त भएको रकमले निकै सहयोग भएकोले वुवा कामतीले सहयोगी दातालाई धन्यवाद दिएका छन । मानव सेवा नै वास्तविक धर्म हो' भन्ने सोचका साथ कतारको दोहामा पसिना बगाई रहेका कामतले विगतदेखि नै समाजका अति विपन्न, असहाय, दलित तथा गरिब वर्गका व्यक्तिहरूलाई व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्दै आएको सुनिल कामतीले बताएका छन्। यो भन्दा अगाडि पनि विभिन्न किसिमको सहयोग गर्दै आएकोले भोलीको दिनमा यस कामलाई निरन्तरता दिने कामतीले जानकारी दिएका छन । समाजसेवाको भावनाले प्रेरित कामतको सहयोगले पीडित परिवारहरूले राहत महसुस गरेका छन्।

प्रतिक्रिया दिनुहोस

हाइवे ह्याकर्स ऐसी ब ...

कृष्णानगर, कपिलवस्तु, असोज २६ । कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्र ...

सिरहाको छुट्टाछुट्टै ...

लहान, असोज २६। सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुटटै स्थानबाट लागु औषध सहित तीन जनालाई पक्राउ गरेक ...

जसपा नेपाल मधेश प्रद ...

जनकपुरधा, २६ असोज । जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश अधिवेशनको तयारी पूरा भएको जनाइएको छ ।&nbs ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१