ताजा समाचार

सखुवानन्कारकट्टी गा. पा. १ साबिक मौवाहीको ८ र ९ मा सडक ढलानको शिलान्यास

  • जेठ ९, २०८२
  • १३०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

 

 

लहान जेठ ९ । सिरहा जिल्लाको सखुवानन्कारकट्टी  गा. पा. १ साबिक मौवाहीको ८ र ९  मा सडक ढलानको शिलान्यास मधेश प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास मन्त्रालयको सहयोगमा सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका गा. पा. १ साबिक मौवाहीको वडा नं. ८ र ९ अन्तर्गतको कटैयाको मुख्य सडक ढलान निर्माण कार्यको शिलान्यास गरिएको छ। उक्त विकास आयोजना वडा अध्यक्ष  संजय यादवको पहलमा अघि बढाइएको हो। शिलान्यास कार्यक्रम नेपाली कांग्रेस सिरहाका जिल्ला सभापति तथा आदरणीय नेता रामचन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

सडक निर्माण सम्पन्न भएपछि यस क्षेत्रको यातायात प्रणालीमा सहजता आउने र वर्षौंदेखि कष्टपूर्ण अवस्थामा रहेका स्थानीय बासिन्दाहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ। शिलान्यास समारोहमा बोल्दै प्रमुख अतिथि रामचन्द्र यादवले प्रदेश सरकार र स्थानीय जनप्रतिनिधिहरूको सहकार्यबाट विकास निर्माणको गति तीव्र रूपमा अगाडि बढिरहेको उल्लेख गर्दै जनताको सरोकारका विषयमा आफूहरू गम्भीर रहेको बताए। उनले विकासका काममा पारदर्शिता, गुणस्तर र समयमै सम्पन्नता सुनिश्चित गर्न सबै पक्षलाई आग्रह गरे।

वडा अध्यक्ष संजय यादवले यो आयोजना आफैँको पहल र स्थानीयको मागमा आधारित रहेर अघि बढाइएको बताएका छन्। उनले आगामी दिनमा पनि विकास निर्माणमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाए। शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, युवा र बृद्धवृद्धाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस सडक ढलान आयोजना सम्पन्न भएपछि कटैया क्षेत्रका सयौं घरधुरीलाई प्रत्यक्ष लाभ पुग्नेछ र स्थानीय विकासमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ।  

प्रतिक्रिया दिनुहोस

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤