Siraha Times
ताजा समाचार

सिरहाका ट्राफिक प्रहरीमाथि घुस लिएको आरोप, प्रहरी भन्छन् – “चिट काटिएको पैसा हो, घुस हैन”

  • वैशाख २९, २०८२
  • ९३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान वैशाख २९ । ट्राफिक नियम कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी पाएका ट्राफिक प्रहरीहरू नै यात्रु र सवारी चालकसँग मासिक रकम असुल्ने कार्यमा संलग्न रहेको भन्दै सिरहामा गम्भीर आरोपहरू लागिरहेका छन्। माडर क्षेत्रमा चल्ने म्याजिक सवारीसाधनका साहु तथा चालकहरूबाट मासिक ‘सेवा शुल्क’ लिने, तथा भारतको जयनगरबाट तरकारी बोकेर आउने ओभरलोड मोटरसाइकल चालकहरूबाट समेत मासिक घुस लिने गरेको स्थानीयको आरोप छ। स्थानीय बासिन्दाहरूका अनुसार सिरहा–चोहर्वा सडक खण्डमा दैनिक ८–१० वटा ओभरलोड मोटरसाइकल निर्वाध रूपमा आवत–जावत गरिरहेका छन्, तर उनीहरूबाट कहिल्यै चिट नकटाइने गरेको जनाइएको छ।

“सामान्य यात्रुले नियम उल्लंघन गर्‍यो भने तुरुन्त कारबाही हुन्छ, तर ठूला अनियमितता हुने गाडीहरू सजिलै छुटाइन्छ,। तर ट्राफिक प्रहरी पक्षले यी सबै आरोपलाई अस्वीकार गरेका छन्। प्रहरीका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोमा देखाइएको पैसा ‘चिट काटिएको’ रकम हो, घुस होइन। “हामीले सहजता प्रदान गर्न सहजीकरण मात्रै गरेका हौं। कुनै किसिमको घुस लिएको होइन,” सिरहा ट्राफिक प्रहरी स्रोतले स्पष्ट पारे। उनले थपे, “नियमविपरीत सवारी चलाउनेलाई कारबाही गरिन्छ। तर आरोप जाँचबिना लगाइँदा हाम्रो मनोबल गिराउने काम हुन्छ।

” तर स्थानीय बासिन्दाहरू भने ट्राफिक कार्यालयको जवाफप्रति असन्तुष्टि जनाउँदै निष्पक्ष छानबिनको माग गरिरहेका छन्। उनीहरूले सम्बन्धित निकायले घटनाबारे गम्भीरताका साथ अध्ययन गरेर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताउँछन्। ट्राफिक प्रहरीमाथि उठेका यस्ता आरोपले सिरहाको ट्राफिक प्रशासनमाथि गम्भीर प्रश्न खडा गरेको छ। अब सम्बन्धित निकायको जवाफ र कार्यवाही प्रतीक्षा योग्य बन्न गएको छ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१