ताजा समाचार

वडा अध्यक्ष अमित ठकुरीले बाटो पुगाए उदयपुर

  • वैशाख १८, २०८२
  • ९६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,वैशाख १८ । सिराहा जिल्लाको दुर्गम क्षेत्रको रूपमा रहेको धनगढीमाई १४ बाट वडा अध्यक्ष अमित ठकुरीले सहज आवत जावतको लागि बाटो सिराहाको धनगढीमाई १४ बाट उदयपुर जिल्लाको उदयपुर गढी ६ सम्म जोड्नु भएको छ । वडाको सिमाना स्थानिय गडमेको माथिल्लो भागदेखि देउसे मडयान , सेती पैरी, मोती श्री हुँदै उदयपुर जिल्लाको सिमाना हावाखाने डाँडासम्म बाटो खनेपछि औपचारिक रूपमा उदयपुर जिल्ला र सिराहा जिल्ला जोडिएको छ ।

वडाको पूर्वी सिमानाको रूपमा रहेको मोती श्रीदेखि उदयपुरसम्म वडा अध्यक्ष अमित ठकुरीले यस अघि नै बाटो खुलाई यस आर्थिक वर्षमा बाटोको थप मर्मत र फराकिलो बनाएपछि आवत जावतमा सहजता भएको हो । उदयपुर जिल्लाको बर्राबोट स्थित नेपालटार सडकमा जोडिने यस सडकले भमुरे, भसुवा, उदयपुर गढी, लाहान १६ का बस्तीहरू साथै नेपालटार जानको लागि छोटो मार्गको रूपमा स्थापित भएको छ ।

प्रतिक्रिया दिनुहोस

थारू कल्याणकारिणी सभ ...

आशिक हुसैन शेख दोहा, कतार । थारु कल्याणकारिणी सभा (थाकसा) कतार च्याप्टरअन्तर्गत महिला विभागद्वारा आय ...

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤