Siraha Times
ताजा समाचार

घाँस काट्न गएकी बालिका मृत फेला, विद्युतीय धरापबाट मृत्यु भएको खुलासा

  • चैत २५, २०८१
  • ९५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान २५ चैत । जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं. ९, गोविन्दपुरकी १३ वर्षीया गुलसना खातुनको रहस्यमय मृत्युलाई लिएर सुरुमा रहस्यमय देखिएको घटना अब स्पष्ट हुँदै गएको छ। घाँस काट्न गएकी बालिका गुलसना खातुनको शव १३ दिनपछि खोलाको किनारमा फेला परेको थियो। प्रहरी अनुसन्धानले खुलाएको विवरणले आम जनमानसमा चकित बनाएको छ।

मिति २०८१ साल फागुन २९ गते बिहान करिब ९:०० बजे घरबाट घाँस काट्न निस्केकी गुलसना त्यस दिनदेखि बेपत्ता थिइन्। छोरी सम्पर्कविहीन भएपछि आमाले मिर्चैया इलाका प्रहरी कार्यालयमा मिति २०८१/१२/०१ गते निवेदन दिएकी थिइन्। निरन्तर खोजी भइरहँदा मिति २०८१/१२/१२ गते दिउँसो १२:०० बजे गुलबजार-९ स्थित घुर्मी खोलाको किनारमा एक बालिका मृत अवस्थामा फेला परिन्। स्थानीयवासी र परिवारजनबाट सनाखत गर्दा मृतक बालिका गुलसना खातुन भएको पुष्टि भएको थियो। शव पहिचान उनका काका सफिजुल रहमानले गरेका थिए। त्यसयता प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान थालेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धान र प्रत्यक्षदर्शी बयान अनुसार, सोही वडाका बिर बहादुर सार्कीले आफ्नो मकैबारीमा जनावरबाट बाली जोगाउनका लागि विद्युतीय धराप लगाएका थिए। सोही दिन बिहान धराप लागेपछि एक बालिकाको चिच्याएको आवाज सुनेर उनी घटनास्थल पुगेका थिए। त्यहाँ पुगेपछि उनले गुलसना खातुनलाई तार नजिक लडिरहेको अवस्थामा फेला पारेका थिए। घटनास्थलमा हसिया, खुर्पा, रातो चप्पल र चामल बोकेको निलो बोरासमेत भेटिएको थियो।

घटनालाई ढाकछोप गर्न बिर बहादुरले पहेँलो बोरामा शव हालेर घुर्मी खोलाको किनारतिर लगेर खुर्पाले खाल्टो खनी लुकाएका थिए। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मिर्चैया, केन्द्रीय अनुसन्धान ब्युरो (CIB), मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र स्थानीय प्रहरीको संयुक्त टोलीले अनुसन्धान गर्दै मिति २०८१/१२/२४ गते बिर बहादुर सार्कीलाई पक्राउ गरेको हो।

पक्राउ परेका बिर बहादुर सार्कीमाथि ज्यान सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको छ। सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमतिसहित थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

मृतकले घाँस काट्न लगेको हँसिया – १ थान,खुर्पा,रातो चप्पल,निलो रंगको चामल बोरा प्रहरीका अनुसार यो घटना केवल दुर्घटना नभएर लापरवाही र असावधानीका कारण एक निर्दोष बालिकाको ज्यान गएको दुःखद घटना हो। स्थानीय तह र सरोकारवालाहरूले विद्युतीय धराप जस्तो खतरनाक उपायको प्रयोग नगर्न अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस

जिल्ला टेन्ट साउण्ड ...

रहमुल, लहान, ९ साउन । जिल्ला समन्वय समिति (जिसस) सिरहाका प्रमुख दिनेश महतोको प्रमुख आतिथ्यमा जिल्ला ...

“घर–घरको शान, स्वच्छ ...

लहान । लहान नगरपालिका–६ का टोल–बस्तीमा शनिबार बिहान सरसफाइ अभियानसँगै घरदैलो जनचेतना कार ...

सिरहाको परिहारपुरमा ...

रहमुल, लहान ८ साउन । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३, परिहारपुर चोकमा दूध उत्पादनको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१