Siraha Times
ताजा समाचार

सगरमाथा चौधरी आँखा अस्पतालमा न्याय खोज्दै ढलिन सीमा 

  • चैत १०, २०८१
  • १८०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स, चैत्र १० । सिराहा जिल्लाको लहानमा रहेको सगरमाथा आँखा अस्पतालमा विगत लामो समयदेखि अस्पतालमा कार्यरत डाक्टर विजय चौधरीबाट मानसिक पीडा खेप्दै अाएकी अस्पतालमा कार्यरत डाक्टर सीमा महतो अस्पतालको एक कोठामा बैठक चल्दै गरेको अवस्थामा अचेत भई कुर्सीबाट ढलेपछि उनलाई बैठकमा सहभागीहरुले तत्काल व्हील चेयरको सहयोगमा लिफ्टबाट गेट बाहिर ल्याएर लाहान स्थित प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा लगेर अक्सिजन सहितको उपचार गराइरहेको छ ।

अस्पतालमा सीमाको न्यायको लागि पुगेका धनगढीमाई ७ कसहाका स्थानिय समाजसेवी, बुद्धिजीवी र अस्पताल सञ्चालक समितिका पधाधिकारी बीच आपसी कुराकानी अस्पतालको माथिल्लो तल्लामा चल्दै गरेको बखत सीमा अचेत भई ढलेपछि उक्त बैठक कक्षको टेबलमा केही छिन राखिएको थियो ।

डाक्टर चौधरीले पटक पटक मानसिक तनाव दिएको बारेमा अस्पताल प्रशासनमा आफूले लिखित र मौखिक जानकारी गराए पनि हालसम्म सीमाले न्याय नपाएपछि उनी डिप्रेसनको सिकार भएकी उनका श्रीमान दीपेन्द्र सिंहले जानकारी दिनु भएको छ । सीमाको न्याय सम्बन्धनमा अस्पतालमा बुझ्न खोज्दा अहिले केही बोल्न मिल्दैन , एकै पटक अन्तिममा जानकारी गराउने नेपाल नेत्र ज्योति संघ सिरहाका सभापति सन्तोष चौधरीले बताए ।

नेपाल नेत्र ज्योति संघ अन्तर्गतको सगरमाथा चौधरी आँखा अस्पतालको कान विभागमा कार्यरत डा. विजय चौधरीले आफ्नै मातहतका महिला कर्मचारीलाई दुर्व्यवहार तथा हिंसा गरेपछि पीडा खेप्न विवस सीमा पटक पटक न्यायको लागि अस्पताल प्रशासनसंग माग गर्दै आएकी छिन् । पीडाका बारेमा अस्पताल प्रशासन प्रमुख अभिषेक रोशनलाई पटक पटक लिखित तथा मौखिक जानकारी गराईएको सीमाको पारिवारिक स्रोतले जनाएको छ ।

अस्पतालमा सीमालाई कुन किसिमको तनाव उत्पन्न डाक्टर चौधरीले गरेको हो त्यस सम्बन्धमा केही खुलाईएको छैन । नेपाल र भारतमा समेत प्रख्यात यस अस्पतालको यस्ता घटना बाहिरिनुले अस्पतालको गरिमालाई एकातिर प्रत्यक्ष्य प्रभाव पार्न सक्छ भने अर्कोतिर अस्पतालले तत्काल घटनाको सतयतथ्य बुझ्न नखोज्नु आफैमा कमजोरी भएको आम बुझाई रहेको पाईन्छ । विनोद मण्डलले तयार पारिएको समाचार 

प्रतिक्रिया दिनुहोस

रामनगरमा निःशुल्क पश ...

ओम प्रकाश यादव लहान असार १६। सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगरमा आर्थिक वर्ष २०८२/०८३ को ...

दक्ष जनशक्ति उत्पादन ...

कपिलवस्तु, असार १५ । वि.सं. २०५४ मा स्थापित कपिलवस्तु प्राविधिक प्रतिष्ठान, बाणगंगा–२ पिपराले ...

जिम्मेवार पत्रकारिता ...

रहमुल, लहान, १५ असार । जिम्मेवार, विश्वसनीय र मर्यादित पत्रकारिताको आधार पत्रकार आचारसंहिताको पालना ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१