Siraha Times
ताजा समाचार

औरहीमा झुठो आरोप–प्रत्यारोप

  • चैत ८, २०८१
  • १३३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, सिराहा, चैत्र ८– सिराहा जिल्लाको औरही गाउँपालिकामा सार्वजनिक जग्गा खाली गराउने विषयलाई लिएर विभिन्न आरोप–प्रत्यारोप भइरहेका छन् । तर, स्थानीयले भने कसैलाई पनि अपहेलित नगरिएको स्पष्ट पारेका छन् । नेपाल सरकारको संसदमा औरहिमा दलितमाथि अमानविय ब्यबहार भएको भन्दै विभिन्न माननीय ज्यूहरुले आवाज उठाए पनि त्यसमा कुनै सत्यता नभएको स्थानियको भनाई रहेको छ ।

औरही गाउँपालिकाको स्वामित्वमा एक बिगाहा भन्दा बढी ऐलानी जग्गा रहेको छ । सोही जग्गा खाली गराउनका लागि पालिकाले २०८१ कार्तिक २७ गते पहिलो पटक ३५ दिने सार्वजनिक सूचना प्रकाशन गरेको थियो । त्यसपछि क्रमशः २०८१ पुस २४ गते दोश्रो पटक १५ दिने सूचना र २०८१ माघ २ गते तेस्रो पटक ३ दिने सूचना जारी गरेको थियो । सोही अनुसार, उक्त ऐलानी जग्गा हडपेका १५/१६ जनालाई पत्र समेत काटिएको थियो । यस क्रममा, स्थानीय दीपक मल्लिकले २०८१ फागुन ११ गते पालिकाको स्वामित्वमा रहेको जग्गाबाट अन्यत्र बसाइँ सर्ने सहमति जनाउँदै मञ्जुरीनामा दिएका थिए । पालिकासँग यस सम्बन्धी स्पष्ट प्रमाणहरू रहेको छ । यसबाहेक, दीपक मल्लिक बस्दै आएको स्थानबाट कुनै पनि माटो अन्यत्र हटाइएको छैन, बरु त्यहाँ रहेको माटो नजिकै रहेको देवस्थलमा प्रयोग गरिएको देख्न सकिन्छ ।

यसैबीच, हुलाकी राजमार्गको दक्षिणी छेउ, औरही गाउँपालिका वडा नं ५ मा दीपक मल्लिकका लागि स्थानीयले नयाँ बस्नयोग्य घर निर्माण गरिदिएका छन् । दीपक मल्लिक स्वयंले आफूलाई कसैले पनि दबाब नदिएको बताएका छन् । अर्कोतर्फ, औरहीमा विष्णु महायज्ञ तयारीको चरणमा पुगेको छ । स्थानीय समुदायद्वारा यो महायज्ञका लागि मठ–मन्दिरहरूको निर्माण कार्य माघ महिनादेखि नै निरन्तर चलिरहेको छ ।

यस घटनालाई लिएर केही व्यक्तिहरूले अनावश्यक रूपमा झुठो आरोप–प्रत्यारोप गरिरहेको स्थानीयको भनाई छ । पालिकाले ऐलानी जग्गा व्यवस्थापनका लागि कानुनी प्रक्रियाअनुसार अघि बढाएको बताएको छ । विभिन्न हिसाबले पालिका अध्यक्ष र विष्णु महायज्ञका बाबा फरार भएको आरोप लगाएका छन् तर ती सबै गलत रहेको छ । यस ठाउँमा कसैलाई कुनै किसिमको अपहेलना गरिएको छैन । उक्त ठाउँ भनिए जस्तो माटो पनि फालिएको छैन । स्थानीयले सांसदहरु , पत्रकारहरु ,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, मानव अधिकारकर्मी लगायतलाई स्थलगत निरीक्षण गर्दै वस्तु स्थितिको वास्तविकता बुझ्न आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१