ताजा समाचार

संघियता समाप्त पार्न कांग्रेस-कम्युनिस्ट दिन गनेर बसिरहेका छन् : उपेन्द्र यादव

  • चैत ४, २०८१
  • १०३९ पटक पढिएको
  • रामएकवाल राम
alt

राजविराज - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको व्यवस्था समाप्त पार्न कांग्रेस-कम्युनिस्ट नै लागेको आरोप लगाएका छन् । आइतबार सप्तरीको तिरहुत गाउँपालिका-५ लोहजारामा आयोजित ‘बृहत पार्टी प्रवेश कार्यक्रम’ मा उनले यस्तो आरोप लगाएका हुन् ।

मुलुक राजनीतिक रुपले गम्भिर मोडमा आएको छ, र राजनीतिक अस्थिरताको मुल जड नै कांग्रेस-कम्युनिस्ट हो’ उनले थपे, ‘४६ सालपछि अहिलेसम्म ३५ वर्षमा ३७ वटा सरकार बन्यो र त्यसमा उनीहरुकै महत्वपूर्ण भूमिका रह्यो, शेरबहादुर देउवाले स्वंयम कांग्रेस फोडेर राजालाई सहयोग गरेको थिए अनि राजाले ०४६ सालको उपलब्धी आफ्नो हातमा लिए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र आउॅंदा पनि हरेक ६/६ महिनामा सरकार परिवर्तन भईरहनु अनुचित रहेको बताए । यसको जिम्मेवार कांग्रेस/कम्युनिस्ट र माओवादी हो, राजनीतिक स्थिरता कायम राख्न सकेनन्’ उनले भने कांग्रेस-कम्युनिस्ट र माओवादी हमेसा संघियतालाई उल्ट्याउने भूमिका गरे अनि अहिले उनीहरु संघियता समाप्त पार्न दिन गनेर बसिरहेका छन।

प्रतिक्रिया दिनुहोस

कटहरियामा रक्तदान अभ ...

आरके श्रीवास्तव,रौतहट,१४ कार्तिक । मधेस रेडियो श्रोता संघको आयोजनामा रौतहटको कटहरियामा एक भव्य रक्तद ...

सिरहामा दशौँ राष्ट्र ...

ओम प्रकाश यादव, लहान कार्तिक १५ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, खेली मधेस, ...

सप्तरीको सुरुङ्गा कृ ...

ओम प्रकाश यादव, लहान कार्तिक १४ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.७ हरिपुरस्थित श्री सुरुङ्गा कृषि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤