Siraha Times
ताजा समाचार

रेडियो पोखरिया द्धारा होली मिलन तथा मटका फोर कार्यक्रम विहिवार पोखरियमा सम्पन्न

  • चैत २, २०८१
  • ११७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शैलेश गुप्ता २ चैत्र । पोखरिया रेडियो पोखरियाले आयोजना गरेको होली मिलन तथा मटका फोर कार्यक्रम विहिवार पोखरिया नगरपालीका वडा नम्बर ४ को पोखरिया बजार स्थित रहेको बस स्टैण्ड चौकमा समपन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी रहेका पोखरिया नगरपालीकाको नगर प्रमुख प्रदुमन प्रसाद चौहानले मटका फोरी कार्यक्रमको शुभारम्भ गरेका थिए । मटका फोर कार्यक्रममा खेलप्रती आग्रसीव रहेका ५१ जनाले भाग लिएका थिए । भाग लिएका मध्ये २२ जनाले मटका फोरेका थिए । मटका फोरी विजयी भएका सहभागीहरुलाई स्प्राईट,कोकाकोला ,फेन्टा ,अविर, गडी,छोहारा ,बदामले अतिथीहरुको द्धारा पुरस्कृत गरिएको रेडियो पोखरियाको कार्यकारी अध्यक्ष छठु साहले जानकारी दिएका हुन ।

रेडियो पोखरियाको कार्यकारी अध्यक्ष छठु साहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी पोखरिया नगरपालीकाको नगर प्रमुख प्रदुमन प्रसाद चौहान रहेको उक्त कार्यक्रममा विशिष्ठ अतिथी पर्सा क्षेत्र नम्बर ३ का माननीय सान्सद पदको उमेदवार प्रत्यासी रुपेश पाण्डेय, वडा नम्बर ४ को वडा अध्यक्ष लक्ष्मण साह कानु , पोखरिया नगरपालीकाको पुर्व मेयर दिपनारायण प्रसाद रौनियार , पुर्व उप मेयर सलमा खातुन, माओबादी केन्द्र पोखरिया नगर कमिटी अध्यक्ष पन्नालाल पटेल , वकिल तथा महिला नेत्री आसा देवी चौहान, समाज सेवी गोबर्धन यादव, ने क पा एमाले पोखरिया नगर कमीटी कचिव सन्तोष गिरी, युवा सँघको केन्द्रिय सदस्य कौशल साह गोढ, पत्रकार धरमेन्द्र प्रसाद यादव मुस्तुफा आलम , समाज सेवी कृष्णा साह तेली ,प्रधानाध्यापक रामबाबु प्रसाद चौहान , सँकर प्रसाद रौनियार ,शिवजी पटेल ,गायक सुदिप चौरसिया लगायत रेडियो पोखरियामा कार्यरत कर्मचारीहरुको सहभागीता रहेको उक्त कार्यक्रको सहजीकरण धरमेन्द्र चौरसियाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१