बोदे बर्साईन नगरपालिकामा सरसफाई कार्यक्रमको आयोजना

  • फागुन १९, २०८१
  • ५६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल सप्तरी १९ फाल्गुन । सप्तरीको बोदे बर्साईन नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर १ देखी १० सम्म सरसफाई कार्यक्रमको आयोजना गरेको हाम्रा सहकर्मी उमेश कुमार साहले जनाएका छन । स्वास्थ्य वातावरण हाम्रो आबश्यकता, सफा घर आंगन हाम्रो प्रतिबद्धता भन्ने मूल नाराको साथ उक्त सरसफाई कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोदे बर्साईन नगर भित्र रहेका मठ मन्दिर, बजार, विभिन्न चौक लगायतका स्थानहरुको सरसफाई गरिएको छ । बोदे बर्साईन नगरपालिका अन्तरगत स्वास्थ्य शाखाको प्रमुख बैधनाथ साहले नगरपालिका भित्र रहेका हाट बजार ,मठ मन्दिर , लगायतका स्थानहरुको फोहर दैनिक रुपमा सरसफाई गर्ने आग्रह गरे। यस्तो कार्यक्रम जनचेतना जगाउन आबश्यक रहेकाले हरेक दिन २/३ घण्टा कार्यक्रमको आयोजना गर्ने उनले जानकारी दिए । स्वास्थ्य शाखा प्रमुख साहको अध्यक्षतामा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, वडा नम्बर १ का अध्यक्ष रबिन्द्र कुमार साह , वडा नम्बर २ का अध्यक्ष राम प्रसाद राम, वडा सचिव, लगायतका सरोकारवालाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१