Siraha Times
ताजा समाचार

बोदे बर्साईन नगरपालिकामा सरसफाई कार्यक्रमको आयोजना

  • फागुन १९, २०८१
  • ६८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल सप्तरी १९ फाल्गुन । सप्तरीको बोदे बर्साईन नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर १ देखी १० सम्म सरसफाई कार्यक्रमको आयोजना गरेको हाम्रा सहकर्मी उमेश कुमार साहले जनाएका छन । स्वास्थ्य वातावरण हाम्रो आबश्यकता, सफा घर आंगन हाम्रो प्रतिबद्धता भन्ने मूल नाराको साथ उक्त सरसफाई कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोदे बर्साईन नगर भित्र रहेका मठ मन्दिर, बजार, विभिन्न चौक लगायतका स्थानहरुको सरसफाई गरिएको छ । बोदे बर्साईन नगरपालिका अन्तरगत स्वास्थ्य शाखाको प्रमुख बैधनाथ साहले नगरपालिका भित्र रहेका हाट बजार ,मठ मन्दिर , लगायतका स्थानहरुको फोहर दैनिक रुपमा सरसफाई गर्ने आग्रह गरे। यस्तो कार्यक्रम जनचेतना जगाउन आबश्यक रहेकाले हरेक दिन २/३ घण्टा कार्यक्रमको आयोजना गर्ने उनले जानकारी दिए । स्वास्थ्य शाखा प्रमुख साहको अध्यक्षतामा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, वडा नम्बर १ का अध्यक्ष रबिन्द्र कुमार साह , वडा नम्बर २ का अध्यक्ष राम प्रसाद राम, वडा सचिव, लगायतका सरोकारवालाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१