ताजा समाचार

मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन: पीडितको जग्गा पुनः कब्जा

  • फागुन १५, २०८१
  • १०८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, फागुन १५ । मिटरब्याजको शोषण तथा वित्तीय उत्पीडनविरुद्ध सिरहाको सुखीपुर नगरपालिका–८, महादेवामा किसान मजदुर आन्दोलन गरिएको छ। ‘सम्पूर्ण किसान मजदुर एक हौँ! वित्तीय शोषण तथा उत्पीडनविरुद्ध संघर्ष गरौँ!!’ भन्ने नारासहित पीडित पक्षले आफ्नो जमिन फिर्ता गराउन आन्दोलन तीव्र पारेका छन्।

आन्दोलनका क्रममा मिटरब्याजी साहुले अपराधिक कृत्यद्वारा हडपेको घर तथा जग्गा कब्जा गरी पीडितलाई पुनः भोगचलन गराउने निर्णय गरिएको छ। साथै, सम्बन्धित सम्पत्तिको किनबेच तथा हक हस्तान्तरणमा रोक लगाइएको सूचना सार्वजनिक रूपमा टाँस गरिएको छ।

पीडित बबिता रामका अनुसार, उनले २०७६ सालमा औरही गाउँपालिकाकी रेणु कुमारी सुडीसँग ५० हजार रुपैयाँ ऋण लिएकी थिइन्। ऋण रकमको ब्याजसहित उनले मासिक २० हजारका दरले २ लाख रुपैयाँ बुझाइसके पनि सुडीले उनीमाथि ठगी गरेको आरोप लगाएकी छन्। लेखपढ गर्न नसक्ने कमजोरीको फाइदा उठाउँदै सुडीले बबिता रामलाई धोका दिएर जग्गा आफ्नो नाममा नामसारी गराएको आरोप छ।

तर, पीडित बबिता रामले जग्गा फिर्ता माग गर्दा उल्टै सुडीले सोही जग्गा आफ्नी छोरीको नाममा सारेर घर निर्माण गर्न थालेपछि उनी आन्दोलनमा उत्रिएको बताइन्। "म आफ्नो जग्गा जोगाउन आएको हुँ। मिटरब्याज पीडितका रूपमा न्यायको माग गर्दै छु," उनले भनिन्।

पीडितहरूको आन्दोलनलाई साथ दिँदै मिटरब्याज संघर्ष समितिकी पुनम महतोले २०७२ सालदेखि नै आफूहरूले मिटरब्याजीहरूविरुद्ध संघर्ष गरिरहेको बताइन्। "गरिबलाई जबर्जस्ती उठिवास गराउन खोज्ने मिटरब्याजी साहुहरूलाई कारबाही नगरिएसम्म हाम्रो आन्दोलन जारी रहन्छ," उनले चेतावनी दिइन्।

सिरहाका विभिन्न ठाउँमा मिटरब्याजपीडितहरू संगठित हुँदै शोषणविरुद्ध आवाज उठाइरहेका छन्। किसान, मजदुर तथा अन्य सर्वसाधारणले सोही प्रकारका अन्य मुद्दाहरूमा पनि सामूहिक रूपमा संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

थारू कल्याणकारिणी सभ ...

आशिक हुसैन शेख दोहा, कतार । थारु कल्याणकारिणी सभा (थाकसा) कतार च्याप्टरअन्तर्गत महिला विभागद्वारा आय ...

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤