सगरमाथा चौधरी आँखा अस्पतालको ४२औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

  • माघ ३०, २०८१
  • ४०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, माघ ३०। सिरहा जिल्लाको लहानमा अवस्थित सगरमाथा चौधरी आँखा अस्पतालको ४२औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका अध्यक्ष अस्पतालका अध्यक्ष रवीन्द्र लाल चौधरी रहनुभएको थियो भने प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री शतिश कुमार सिंह रहनुभएको थियो।

May be an image of ‎7 people, dais and ‎text that says '‎मैंभल ਹੋज فا जयोंदि सघ T ताथा कान सागार प्र रु0 한라이 89 PPELA OIENO SLE LOVE‎'‎‎

नेपाल नेत्र ज्योति संघका केन्द्रीय सदस्य पदम नारायण चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। साथै, प्रदेश सांसद सिरहा क्षेत्र नं. १(क) का माननीय राजेन्द्र चौधरी, प्रदेश सांसद सिरहा क्षेत्र नं. १(ख) का माननीय राजकुमार गुप्ता, जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतो, नेपाल नेत्र ज्योति संघ सिरहा जिल्ला अध्यक्ष सन्तोष चौधरी, सिरहा नगरपालिका प्रमुख डा. नवीन कुमार यादव, लहान नगरपालिका प्रमुख महेश चौधरी, लहान नगरपालिका उपप्रमुख राम चलितर महतो, लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरलगायत विभिन्न क्षेत्रका बुद्धिजीवी, पत्रकार, समाजसेवी तथा स्थानीयबासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

May be an image of 3 people and crowd

कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री शतिश कुमार सिंहले सगरमाथा चौधरी आँखा अस्पतालले नेपालभर नेत्र उपचारमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै प्रदेश सरकार अस्पतालको थप विकासका लागि आवश्यक पहल गर्न तत्पर रहेको बताउनुभयो। उहाँले आँखासम्बन्धी स्वास्थ्य सेवामा गुणस्तर अभिवृद्धि गर्न सरकारले विशेष योजना अघि बढाउने जानकारी दिनुभयो।

May be an image of 2 people and crowd

सो अवसरमा अस्पतालका अध्यक्ष रवीन्द्र लाल चौधरीले विगत चार दशकदेखि अस्पतालले नेत्र स्वास्थ्य सेवामा गरेको महत्वपूर्ण उपलब्धिहरूको चर्चा गर्दै आगामी दिनमा अस्पताललाई अझै स्तरीय सेवा दिने गरी पूर्वाधार र सेवाको विस्तार गर्ने योजना रहेको जानकारी गराउनुभयो।

May be an image of 4 people, temple, dais and text that says 'MLNa รั้ नहान हकजरा लासम्र रश्रा सथ्ा कायय suaR परणाही सगरमाथा वौधरी आखा असपताल, लहान ओं वार्षिकोत्सव समारोह'

नेपाल नेत्र ज्योति संघका केन्द्रीय सदस्य पदम नारायण चौधरीले सगरमाथा चौधरी आँखा अस्पतालले गरिरहेको समाजसेवामूलक योगदानको प्रशंसा गर्दै संघ अस्पताललाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा विभिन्न वक्ताहरूले अस्पतालले आँखाको उपचारमा पु¥याएको योगदानको चर्चा गर्दै यस क्षेत्रका स्थानीयवासीका लागि अस्पताल एक महत्वपूर्ण चिकित्सा केन्द्र बनेको धारणा राखेका थिए। कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस

सिराहा सिडियोले भन्य ...

विष्णुदेव सरदार महोत्तरी / फागुन २७ गते यही आउँदो फाल्गुन २९ गते बिहीबार पहाडमा होली र चैत १ गते शुक ...

सिराहा सिडियोले भन्य ...

विष्णुदेव सरदार महोत्तरी / फागुन २७ गते यही आउँदो फाल्गुन २९ गते बिहीबार पहाडमा होली र चैत १ गते शुक ...

श्री लक्ष्मण ललिता क ...

रहमुल लहान, फागुन २७ । लहान नगरपालिका–३, रघुनाथपुरस्थित श्री लक्ष्मण ललिता कुशवाहा माध्यमिक वि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१