प्र.अ. याद‌वको लगनले कुशमा आ० वि० नमुना बन्दै

  • माघ २४, २०८१
  • ७२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २४ माघ । सिरहाको सखुवानान्‌कारकट्टी गाउँपालिका-२ सोठियाइ‌नमा रहेको कुशमा अधारभुत विद्यालय प्रधानाध्यापक चन्द्र मोहन यादवको मेहनत र लगनले विगत ५ बर्ष अगाड़ी टाटी र फुसको घरमा संचालित यो विद्यालय आज नमुना विद्यालयमा परिणत हुनु वहुत ठूलो कुरो हो। सराहनीय काज गर्दै प्र० अ० यादव विद्यालयको भौतिक सामग्रीको उचित व्यवस्थापन गरी पारिवारीक वातावरणमा हरेक व्यवस्थापन सहित गुणस्तर शिक्षा प्रदान गरिरहेको देखिन्छ। यस तर्फ समुदायको पनि ध्यानाकर्षण हुन जरूरी देखिन्छ।

जुन हिसावले हाल विद्यालय संचालनमा छ यदि अभिभावक, बि.ब्य.स. र स्थानीय सरकार पूर्ण रुपमा विद्यालयलाई सहयोग गरि रहयो भने चर्को मुल्य तिरेर अभिभावक आफना वालवालिका निजि विद्यालयमा पठाउनै पर्दैन। शिक्षा हासिल गर्न विद्यार्थिहरूको हरेक गति विधि को समिक्षा गर्दै शिक्षकहरू अगाडी बढ्ने वतावरण बन्न जरुरी देखिन्छ।

सरकारी विधालयका शिक्षकहरु लामो अनुभव भएका दक्ष जनशक्ति हुन यसलाई उचित व्यवस्थापन सहित परिचालन हुन सके शिक्षामा फर्को मार्न धेरै समय सम्म पर्खिनु नपर्ने अवस्था छ। यस पालिकामा रहेका बिधालयहरु मध्ये ४/५ बिधालय बाहेक सबै बिधालय राम्रै अवस्थामा रहेको देखिन्छ। सेवा सुविधा समान रुपले पाँउदा पाँउदै किन यी बिधालयहरुको सुधार भैरहेको छैन त?

हाल यो कुशमा आ. वि. मा सुविधा सम्पन्न कक्षाकोठा, कार्यालय सहित शौचालय, शुद्धखानेपानी , भान्साकोठा तथा चारैतिर पर्खाल भित्र सरस्वती मंदीर सफा सुग्घर सहित गुणस्तर शिक्षा प्रदान भैरहेको देखिन्छ जस‌मा स्थानीय सरकारको ठूलै सहयोग रहेको प्र. अ.ले जनाएका छन। यादवको अनुसार यस कुशमा आ०वि० को प्रगतिको पछाड़ी स्थानीय सरकार खम्भा जस्तो उभेको समेत बताएका हुन। उहाँ अगाड़ी भन्दै शिक्षा सँगै सिपलाई पनि अगाड़ी बढाउदै विस्तारै पुर्ण रुप‌मा अग्रेजी माध्यम वाट पठन पाठन शुरु रहेको बताए। 

May be an image of 6 people and text

स्थानीय सरकारले सुविधा सम्पन्न विद्यालय संचालन गर्न खोज्दा राम्रो पक्ष हो तर यसै पालिकामा ४/५ वटा विद्यालयहरु यस्ता पनि छन जसको अवस्था जस्ताको त्यस्तै छ जबकी शिक्षा शाखा मार्फत स्थानीय सरकारले करोडौको लगानी गर्दा पनि प्रतिफल थोरै भन्दा पनि कम आउदै आखिर के कारण होला ?

May be an image of temple and text

स्थानीय सरकार अन्तर्गत ४ मा.विं. सहित २० वटा विद्यालयहरु छन, सेवा सुविधा सवैले बराबर पाइरहेको छ तर १ मा० वि० सहित छ आधारभुत विद्यालय किन अहिले सम्म जस्ताको त्यस्तै यस तर्फ सरकारको ध्यानाकर्षण हुन जरूरी छ। यस गा.पा. भरीका सरकारी विद्यालयहरुमा कार्यरत निकै पुरानो अनुभवी शिक्षकहरु छन उहाँहरूको मेहनत सराहनीय छ र मुख्य सम्पति पनि रहेकोले यो स्थानीय सरकार यस‌लाई उचित व्यवस्थापन सहित अगाडी बढन जरुरी रहेको जानकारहरु बताउछन।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले विग ...

ओमप्रकाश यादव, लहान जेठ २४ ।  लहान नगरपालिकाले विगत तीन वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृ ...

डाक्नेश्वरी नगरपालिक ...

राशिन्द्र यादव, सप्तरी जेठ२४ । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकामा, शिक्षा शाखाको विशे ...

उपेन्द्र यादवद्वारा ...

जनकपुरधाम, जेठ/२३ । जनता समाजवादी पार्टी, नेपाल कपिलबस्तु कार्यसमितिको एकताको प्रथम जिल्ला अधिव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१