Siraha Times
ताजा समाचार

लहान २२ बर्छवामा पुन: मेयर चौधरीले गरे कम्बल वितरण

  • माघ १६, २०८१
  • ७४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान माघ १६ । लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीद्वारा चिसोबाट प्रभावित बृद्ध निसायहरुलाई राहत स्वरूप आज बुधवार पुन: कम्बल वितरण गरेका हुन् लहान नगरपालिका  वडा नम्बर २२, बर्छवामा नगरप्रमुख महेश प्रसाद चौधरीको अगुवाइमा आपाङ्ग, दलित, एकल तथा विपन्न समुदायका नागरिकहरूलाई कम्बल वितरण गरिएको छ। बुधबार आयोजित कम्बल वितरण कार्यक्रममा मेयर चौधरीले ८० जना लाभग्राहीलाई कम्बल हस्तान्तरण गरे।

कार्यक्रममा बोल्दै मेयर चौधरीले कठ्याङ्ग्रिने जाडोमा राहतस्वरूप कम्बल वितरण गरिएको बताउँदै आफुले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरे । उनले नगरपालिकाले विपन्न तथा असहाय नागरिकहरूको हितमा निरन्तर काम गर्ने उल्लेख गरे। 

स्थानीय बासिन्दाहरूले मेयर चौधरीको यस पहललाई सकारात्मक रूपमा लिँदै आभार व्यक्त गरे। विशेषगरी दलित, एकल महिला तथा अपाङ्ग नागरिकहरूले यस्तो सहयोगले जाडोमा ठूलो राहत मिलेको बताए। कार्यक्रममा उपस्थित लाभग्राहीहरूले स्थानीय सरकारप्रति विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छन्।

सो अवसरमा वडा सदस्यहरू, नगरपालिकाका पदाधिकारी तथा स्थानीय समाजसेवीहरूको पनि उपस्थिति रहेको थियो। स्थानीयहरूले नगरपालिकाको सामाजिक सेवाका कार्यहरूलाई प्रशंसा गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने आशा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१