लहान २२ बर्छवामा पुन: मेयर चौधरीले गरे कम्बल वितरण

  • माघ १६, २०८१
  • ५६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान माघ १६ । लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीद्वारा चिसोबाट प्रभावित बृद्ध निसायहरुलाई राहत स्वरूप आज बुधवार पुन: कम्बल वितरण गरेका हुन् लहान नगरपालिका  वडा नम्बर २२, बर्छवामा नगरप्रमुख महेश प्रसाद चौधरीको अगुवाइमा आपाङ्ग, दलित, एकल तथा विपन्न समुदायका नागरिकहरूलाई कम्बल वितरण गरिएको छ। बुधबार आयोजित कम्बल वितरण कार्यक्रममा मेयर चौधरीले ८० जना लाभग्राहीलाई कम्बल हस्तान्तरण गरे।

कार्यक्रममा बोल्दै मेयर चौधरीले कठ्याङ्ग्रिने जाडोमा राहतस्वरूप कम्बल वितरण गरिएको बताउँदै आफुले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरे । उनले नगरपालिकाले विपन्न तथा असहाय नागरिकहरूको हितमा निरन्तर काम गर्ने उल्लेख गरे। 

स्थानीय बासिन्दाहरूले मेयर चौधरीको यस पहललाई सकारात्मक रूपमा लिँदै आभार व्यक्त गरे। विशेषगरी दलित, एकल महिला तथा अपाङ्ग नागरिकहरूले यस्तो सहयोगले जाडोमा ठूलो राहत मिलेको बताए। कार्यक्रममा उपस्थित लाभग्राहीहरूले स्थानीय सरकारप्रति विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छन्।

सो अवसरमा वडा सदस्यहरू, नगरपालिकाका पदाधिकारी तथा स्थानीय समाजसेवीहरूको पनि उपस्थिति रहेको थियो। स्थानीयहरूले नगरपालिकाको सामाजिक सेवाका कार्यहरूलाई प्रशंसा गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने आशा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

जसपा नेपाल लहानद्वार ...

ओम प्रकाश यादव लहान, साउन २ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतले दिएको परमादे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१