विभिन्न सरोकारवालाहरु द्वारा विवाहको उमेर २० वर्ष नै राख्न अपिल

  • माघ १५, २०८१
  • ५६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजू कुमारी दास, लाहान माघ १४ । नेपाल सरकारले २०७४ मा विवाहको उमेर २० वर्ष पुरा गरेको हुनु पर्ने व्यवस्था गर्यो । अहिले प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उप समितिले २०८१ माघ २ गते विवाहको उमेर २० वर्ष बाट १८ वर्षमा झार्न भनी सुझव दीएको कुरा अगाडी बढाउनु र त्यस माथी छलफल भई राखेकोले विभिन्न सरोकारवाला हरुको चासोको विषय र यस विषयमा सोच्न बाध्य बनाएको छ । मुक्ति नेपाल गोलबजारले महिला र किशोरी स शक्तिकरणको क्षेत्रमा काम गर्दै आएको र यसले किशोरी, महिलाहरु पनि लाभान्वित हुदै शिक्षा, स्वास्थ्य, लगायत शारिरीक, मानसिक, सामाजिक र आर्थिक रुपमा सबल हुदै आएको छ ।

बाल विवाहको जोखिममा रहेको धेरै किशोरीहरु अहिले शिक्षामा अगाडी बढ्दै लक्ष्य निर्धारण गर्ने भएका छन् । यदी यसलाई १८ वर्षमा झार्ने हो भने खास गरी किशोरीहरुको जीवन संकटमा हाल्नु हो । किनकी पुरुषको विवाह अली उमेर पुगाएरै गर्ने चलन यस समाजमा विद्यमान रहेको छ त्यसैले यसको असर महिलामा बढी पर्न जान्छ । पुर्व सांसद धानो महरा भन्नु हुन्छ, यो कतै पनि राम्रो कुरा होइन यो केटा केटीको जीवन संग खेलवार हो । २० वर्ष सम्म उनीहरुमा भविक्ष्यका लागि सोच्न सक्ने क्षमताको विकाश भई सकेकोलेअपठेरो हुदैन ।

तर १८ वर्षमा बिहे गर्दा परिपक्वताको हिसाबले पुर्णरुपमा विकशित भई सकेको अवस्था हुदैन । त्यसैले बिहेको उमेर २० वर्ष नै राख्नु पर्छ । १८ मा न झार्न अपिल गर्दछौं । गोलबजार नगरपालिका ११ मा रहेको बलकावा मा.वि.का शिक्षक विलेक्षन महरा भन्नु हुन्छ बल्ल बल्ल त बाल विवाह कम हुन थालेको थियो, कानुन बने पनि कार्यन्वयनमा थिएन, अब बाल विवाहले पार्ने असर बारे आम व्यक्तिले अनुभुति गर्नै लागेको थियो भने फेरी यसलाई १८ वर्षमा झार्नु राम्रो हुदैन यस माथी फेरी बिचार गर्नु अनवश्यक छ । विवाहको उमेर घटाएर बाल बालिका माथी ठुलै आघात पुग्छ । त्यसैले विवाहको उमेर घटाउनु हुदैन ।

त्यस्तै गोलबजार ९ डण्डा का श्री जनता मा.वि. का प्र. अ. सुरेन्द्र सिंह भन्नु हुन्छ बिहेको उमेर घटाउनु भन्दा बढाउनु राम्रो हो । अहिलेको अवस्थामा भागि बिवाह भएर बाल विवाह हुदै आएको छ । तर त्यस दृष्टिकोणले हेरेर विवाहको उमेर घटाउदा आफ्नो लक्ष्य राखेर भविष्यका केही सपना बोकेर अगाडी बढ्ने बालिकाहरु मारमा पर्छन । आमा बाबा भन्दा छिमेकी को टाउको दुखाईले पनि बाल विवाहले प्रसय पाई रहेको देखिन्छन् त्यसैले विवाहको उमेर घटाउनु भन्दा भएकै कानुन कार्यन्वयन गर्न के गर्नु पर्छ त्यता तीर ध्यान दीनु आवश्यक छ । विवाह को उमेर कतै पनि घटाउनु नहुने कुरामा के आधार बबनाई घटाउन खोजेका छनु सरकारले ? घमेर घटायो भने शारीरीक विकाश राम्रो संग नभएको र सानै उमेरमा बच्चा पाउने भएकोले बाल मृत्यु दर र आमा मृत्यु दर ह्वातै बढेर जान्छ ।त्यसैले उमेर घटाउनु जायज होयन, यसले बाल अधिकारको पनि हनन् हुन्छ ।

त्यस्तै बालक्लबका सबै किशोर किशोरीले हाम्रो जिवन संग खेलवार गर्न पाउदैन, बिहेको उमेर घटाउनु हुदैन । १८ वर्षमा हामी शारीरीक, मानसिक, आर्थिक र सामाजिक सबै तबरले कमजोर हुन्छौं । परीपक्व भएका हुदैनौ, हामीमा निर्णय लिने क्षमता पनि हुदैन, हाम्रो शिक्षा पनि पुरा भएको हुदैन । त्यसैले विवाह को उमेर घटाउनु हुदैन भनी सरकार संग अपिल गर्दछौं । यसका साथै आफुले बोकेको लक्ष्य चित्र मार्फत दर्शाउदै, हाम्रो लक्ष्यको बाधक विवाह को उमेर हद २० वर्षबाट न घटाउन अनुरोध गरेका छन् ।

गोलबजार ९ डण्डा का वडा अध्यक्ष भन्नु हुन्छ विवाहको उमेर केटा मान्छेका लागि १८ वर्ष ठीक छैन । उनीहरुको शारीरिक विकाश पुर्ण रुपमा भएको हुदैन । केटी मान्छेका लागि टीकै होला जस्तो लाग्छ किन भने उनीहरुको शारिरीक विकाश केटा भन्दा छीटो हुन्छ । तर केटी मान्छेको शारिरीक विकाश पनि १८ वर्षमा पुर्ण भएको हुदैन, पुर्ण विकाश का लागि २० वर्षनै लाग्छ ! बुझे पछि उनले पनि बिहेको उमेर घटाउनु हुदैन भन्ने नै अपिल गर्नु भयो । 

सायद यस विषयमा वहाँ जस्तै राम्रो संग न सोची यस्ता प्रस्ताव हरु अगाडी बढाएको हो की ? त्यस्तै गोलबजार ९ डण्डा का पुर्व वडा सदस्य जयनाथ महतो भन्नु हुन्छ हाम्रो हिसाबले २० वर्षनै ठीक थियो किनकी तेती बेला सम्म केटा केटीको शारीरीक विकाश पुर्ण रुपमा भई सकेकोले रोग हरु बढी लाग्दैन र स्वस्थ्य भई जिवन बिताउन सक्छ । यसलाई घटायो भने अपठेरो हुन सक्छ । यसरी हेर्नेहो भने विवाहको उमेर २० वर्ष राख्ने कुरामा धेरै जना जोर दीई रहेको र १८ वर्षमा झार्नु हुदैन भनी आह्‌वान गरेको देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस

लहान एफ.सी.ले जित्यो ...

ओम प्रकाश यादव लहान, ३० चैत। सिरहाको सखुवानन्कारकटटी गाउँपालिका–१ मा आयोजित दोस्रो व ...

“विशेष, संरक्षित र स ...

ओम प्रकाश यादव लहान २९ चैत ।“आदिवासी दनुवारको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत ...

वित्तीय शोषण विरुद्ध ...

ओम प्रकाश यादव लहान २८ चैत । “सम्पूर्ण वित्तीय मजदुर एक होऔँ ! वित्तीय शोषण तथा उत्पीडन विरुद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१