राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं साधारणसभा भव्यताका साथ सम्पन्न

  • माघ १२, २०८१
  • ५४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान, १२ माघ । "एकका लागि सबै, सबैका लागि एक" नाराका साथ सिराहाको लहान -८ मा अवस्थित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ। शनिबार बिहान ७:३० बजेदेखि १ बजेसम्मका लागि लहानको माखनभोग स्वीट्स एण्ड नमकिन होटलमा राखिएको थियोे । सहकारीमा एकआपसमा हातेमालो गरेर विश्वास गरेर अगाडि बढनु पर्ने कार्यक्रमका प्रमुख अतिथि सिराहा क्षेत्र न.- १ का केन्द्रीय सांसद रामशंकर यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो यस राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था प्रति संघिय सरकार सदैब साथ, सहयोग र सकारात्मक रहेको बताउनुभयो । संस्था अध्यक्ष रंजित कुमार यादवले छैठौं वार्षिक साधारणसभा प्रस्तुत गर्दै भने, - हाल राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा हाल कुल २०७ सदस्य रहेको बताए । उनले भने- यस संस्थाको कुल शेयर पुँजी १०८५९००/- रहेको जानकारी दिए ।

आर्थिक वर्षको अन्त्यमा रहेको बचत निपेक्ष रु. ३२१२३०५/- रहेको छ। भने शेयर सदस्यहरुलाई लगानीमा रहेको ऋण रकम रु.३१९४८४३/- रहेको छ। संस्थाको कुल पुँजी तथा दायित्व रु. ४४४५९१९/- नियमित बचत ४ प्रतिशत राखिएको छ । विशिष्ट अतिथि राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रंजितकुमार यादव, संस्थाका कर्मचारीहरु, संचारकर्मी, १००औं को सङ्ख्यामा शेयर सदस्यहरुको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले विग ...

ओमप्रकाश यादव, लहान जेठ २४ ।  लहान नगरपालिकाले विगत तीन वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृ ...

डाक्नेश्वरी नगरपालिक ...

राशिन्द्र यादव, सप्तरी जेठ२४ । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकामा, शिक्षा शाखाको विशे ...

उपेन्द्र यादवद्वारा ...

जनकपुरधाम, जेठ/२३ । जनता समाजवादी पार्टी, नेपाल कपिलबस्तु कार्यसमितिको एकताको प्रथम जिल्ला अधिव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१