संजू कुमारी दास, लाहान, माघ १२। सप्तरीको छिन्नमस्ता गाउँपालिका–३, मनसुखीस्थित नेपाल–भारत सीमाक्षेत्रमा बसोबास गर्ने सदा (मुसहर) समुदाय कठ्याङ्ग्राउने चिसोको मारमा छटपटाइरहेका छन्। चिसोले उनीहरूको दैनिकी झनै कष्टकर बनेका बेला उनीहरूको जीवनमा राहत पुर्याउन विभिन्न अभियान सञ्चालन गरिएका छन्।
जिल्ला विपद् व्यवस्थापन समिति सप्तरी र छिन्नमस्ता गाउँपालिकाको नेतृत्वमा, प्रमुख जिल्ला अधिकारी भोला दहालको अध्यक्षतामा मुसहर समुदायलाई कम्बल वितरण कार्यक्रम सम्पन्न गरिएको छ। पहिलो चरणमा, स्थानीय जनप्रतिनिधिको समन्वयमा ४० जना व्यक्तिहरूलाई कम्बल वितरण गरिएको हो। यसले चिसोको मार झेलिरहेका समुदायलाई केही न्यानोपन प्रदान गरेको छ।
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले समुदायलाई व्यवस्थित बसोबासमा रूपान्तरण गर्ने योजना अघि सारिएको जानकारी दिए। उनले मुसहर समुदायको हकहित र जीवनस्तर सुधारका लागि बृहत् कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको उल्लेख गरे।
कार्यक्रममा सहभागि प्रतिनिधिहरूले समस्याको समाधानका लागि सबैको सहकार्य र सहयोग अपरिहार्य रहेकोमा जोड दिए। यस किसिमका सामुदायिक प्रयासहरूले मुसहर समुदायको जीवनमा सुधार ल्याउन अहम भूमिका निर्वाह गर्ने र स्थानीय जनताको विश्वास जित्ने विश्वास व्यक्त गरियो।
कार्यक्रममा सहभागी विभिन्न व्यक्तिहरूले मानवता र सहकार्यका लागि आयोजित यस्ता राहत कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए। साथै, यस अभियानलाई निरन्तरता दिँदै, भविष्यमा थप प्रभावित समुदायहरूको जीवनस्तर सुधार गर्न ठोस कदम चाल्न आवश्यक रहेको जनाए।
यस राहत कार्यक्रमले चिसोको मारमा परेका मुसहर समुदायको जीवनमा राहत पुर्याउनुका साथै उनीहरूलाई समाजको मुख्य धारमा ल्याउने प्रयासमा योगदान पु¥याएको छ। यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि सञ्चालन गरिँदै गएमा, यस समुदायको जीवनमा स्थायी सुधार सम्भव हुने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved