ओम प्रकाश यादव लहान, माघ ११ । मुक्ति नेपालद्वारा सञ्चालित विभिन्न अभियान र कार्यक्रमहरूबारे छिमेकीहरूसँगको सहकार्य र छलफलको उद्देश्यले स्थानीय महिला समूहको विशेष बैठक सम्पन्न भएको छ। उक्त बैठकमा छिमेकी महिला समूहका २८ जना महिला सहभागी थिए।
बैठकका क्रममा मुक्ति नेपालले चलाउँदै आएका सामाजिक चेतनामूलक कार्यक्रम र अभियानहरूमा छिमेकीहरूसँग सहकार्य र समर्थनको अपेक्षा गरिएको थियो। साथै, छिमेकी महिला समूहले समुदायमा आवश्यक पर्ने विषयहरूमा खुला छलफल गरी विभिन्न सुझावहरू पनि राखे।
यस्तै, २०८१ माघ २ गते प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित उपसमितिले विवाहको कानूनी उमेरलाई हालको २० वर्षबाट घटाएर १८ वर्ष बनाउने सुझाव दिएको विषयमा बैठकमा गम्भीर आपत्ति जनाइयो। सहभागी महिलाहरूले विवाहको उमेर २० वर्षमै कायम राख्नुपर्ने आवश्यकता औंल्याउँदै यस निर्णयले समाजमा पर्न सक्ने नकारात्मक प्रभावबारे छलफल गरे।
बैठकको निष्कर्षअनुसार, छिमेकी महिला समूहले विवाहको उमेर २० वर्ष नै कायम राख्न सरकारसमक्ष हार्दिक अपिल गर्ने लिखित निर्णय गरेको छ। निर्णयमा भनिएको छ, "विवाहको उमेर घटाएर १८ वर्ष पुर्याउने निर्णयले किशोरीहरूको शारीरिक, मानसिक, र शैक्षिक विकासमा नकारात्मक असर पर्नेछ। त्यसैले, हामी यसप्रति कडा आपत्ति जनाउँदै विवाहको उमेर २० वर्षमै कायम राख्न आग्रह गर्दछौं।" महिला समूहले यस विषयमा सरोकारवाला निकायहरूसँग औपचारिक रूपमा संवाद गर्ने र समुदायमा जनचेतना फैलाउने योजना पनि अघि सारेको छ।
प्रतिक्रिया दिनुहोस
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved