ओम प्रकाश यादव लहान १० माघ । बलान बिहुल गाउँपालिकामा आज अध्यक्ष खेमचन्द्र यादवको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत सकल देव मंडलको स्वागत कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरू, कर्मचारी, नगर प्रहरी, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवात गाउँपालिकाका अध्यक्ष श्री खेमचन्द्र यादवले स्वागत मन्तव्य व्यक्त गर्दै गरेका थिए। उनले प्रमुख प्रशासकीय अधिकृत मंडलको आगमनलाई गाउँपालिकाको प्रगतिका लागि महत्वपूर्ण मान्दै वहाँको कार्यकाल सफल र प्रभावकारी बनोस् भन्ने कामना व्यक्त गरे।
सोही अवसरमा प्रमुख प्रशासकीय अधिकृत सकल देव मंडलले गाउँपालिकाका सम्पूर्ण प्रतिनिधिहरू, कर्मचारी तथा स्थानीय बासिन्दालाई धन्यवाद ज्ञापन गरे। उनले बलान बिहुल गाउँपालिकालाई समृद्ध र विकासशील बनाउने प्रतिबद्धता जनाउँदै जनताको सेवामा समर्पित भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा स्थानीय समाजसेवीहरूले गाउँपालिकाको विकासका लागि आफ्नो पूर्ण सहयोग रहने बताउँदै प्रमुख प्रशासकीय अधिकृतलाई शुभकामना व्यक्त गरे। सञ्चारकर्मीहरूले समेत गाउँपालिकाको कामकारबाहीलाई जनमानसमा पुर्याउने भूमिका प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिकाको तर्फबाट स्वागत तथा शुभकामना प्रदान गरिएको थियो। कार्यक्रममा सहभागिहरूले सामूहिक रूपमा गाउँपालिकाको भावी योजनाबारे छलफल गर्दै सुझावहरू प्रस्तुत गरेका थिए।
यो स्वागत कार्यक्रमले बलान बिहुल गाउँपालिकाको समन्वय र सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved