रहमुल लहान ७ माघ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका १ मौवाही स्वास्थ्य चौकीमा आउदो फाल्गुन २ गते निशुल्क परिवार नियोजन शिविर संचालन हुने निर्णय पालिका भित्रका सम्पुर्ण स्वास्थ चौकी इन्चार्जहरुको रहेको स्वास्थ्य शाखा उप संयोजक अशोक यादवले बताएका छन। यादवका अनुसार यस पालिकाका हाम्रो स्वास्थ्यकर्मी टिम पुर्णरुपमा सक्षम छौ र पालिका भित्रका आमनागरिक समाजलाई स्वास्थ्य सम्बन्धि जस्तो सुकै समस्या आइ परेमा पहिलो चोटि आफुले पायक पर्ने स्वास्थ्य चौकीमा सम्पर्क गर्न आग्रह गर्छु बताएका छन। उहाँ अगाडी थप्दै दिर्घ रोगीहरुको लागी सम्पुर्ण औषधि, ल्याब सेवा, प्रसुति सेवा, आयुर्वेद सेवा लगायत लगभग ९०% औषधि निशुल्क बितरण सेवा चुस्त दुरुस्त रुपमा प्रवाह स्थानीय सरकारले गरिरहेकोले सेवा ग्राहि बिचलित हुनु पर्ने आबश्यक नरहेको समेत बताएका हुन। बालबालिका, गर्भबति महिला र जेष्ठनागरिकको सुबिधाको लागी गाउँघर क्लिनिक मार्फत पनि सेवा लिनु आउनु हुन समेत आग्रह उप संयोजक यादव हामी मार्फत गरेका छन।


प्रतिक्रिया दिनुहोस
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved