निशुल्क परिवार नियोजन शिविर संचालन फाल्गुन २ मौवाहीमा

  • माघ ७, २०८१
  • ७२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ७ माघ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका १ मौवाही स्वास्थ्य चौकीमा आउदो फाल्गुन २ गते निशुल्क परिवार नियोजन शिविर संचालन हुने निर्णय पालिका भित्रका सम्पुर्ण स्वास्थ चौकी इन्चार्जहरुको रहेको स्वास्थ्य शाखा उप संयोजक अशोक यादवले बताएका छन। यादवका अनुसार यस पालिकाका हाम्रो स्वास्थ्यकर्मी टिम पुर्णरुपमा सक्षम छौ र पालिका भित्रका आमनागरिक समाजलाई स्वास्थ्य सम्बन्धि जस्तो सुकै समस्या आइ परेमा पहिलो चोटि आफुले पायक पर्ने स्वास्थ्य चौकीमा सम्पर्क गर्न आग्रह गर्छु बताएका छन। उहाँ अगाडी थप्दै दिर्घ रोगीहरुको लागी सम्पुर्ण औषधि, ल्याब सेवा, प्रसुति सेवा, आयुर्वेद सेवा लगायत लगभग ९०% औषधि निशुल्क बितरण सेवा चुस्त दुरुस्त रुपमा प्रवाह स्थानीय सरकारले गरिरहेकोले सेवा ग्राहि बिचलित हुनु पर्ने आबश्यक नरहेको समेत बताएका हुन। बालबालिका, गर्भबति महिला र जेष्ठनागरिकको सुबिधाको लागी गाउँघर क्लिनिक मार्फत पनि सेवा लिनु आउनु हुन समेत आग्रह उप संयोजक यादव हामी मार्फत गरेका छन।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१