डाक्नेश्वरी नगरपालिकाको बनौलामा सम्पन्न टि- ट्वान्टी क्रिकेट प्रतियोगितामा आयोजक टिम बिजय

  • माघ १, २०८१
  • ७४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बोदे बर्साईन , सप्तरी : ०१ माघ : उमेश कुमार साह: बोदे बर्साईन : सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौलामा १४ औं गोल्डेन क्रीकेट क्लब बनौला द्वारा आयोजना गरेको फाइनल खेल आज मंगलबार सम्पन्न भएको छ। फाइनल खेलमा आयोजक क्रीकेट क्लब बनौला टिम बिजय भएको छ ।

 No description available.

डाक्नेश्वरी नगरपालिका - ७ र डाक्नेश्वरी नगरपालिका -१० बिच भएको खेलमा पहिलो ब्याटिङ्ग गरेका वडा नम्बर ७ ले १२० रनको लक्ष्य दिएका थिए । बीस ओभरको खेलमा प्रतिद्वन्द्वी बनौला टिमले ८ ओभर ३ वलको समाप्तिमा ७ विकेटले बनौला टिमले जित हात पारेका छन। आयोजक गोल्डेन क्रीकेट क्लब बनौलाका अध्यक्ष सुन्देश्वर प्रसाद साहले जानकारी दिनुभयो । डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख राम लखन मुखियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रथम बिजेता बनौला टिमलाई नगद रु १०००००( एक लाख मात्र ), प्रमाणपत्र मेडल प्रदान गरेका थिए भने द्दितिय टिम जांजरलाई नगद रु ५५०००( पचबन हजार मात्र ), प्रमाणपत्र मेडल प्रदान गरेको आयोजकले जनाएको छ ।

No description available.

फाईनल खेलमा बनौला टिमबाट म्यान अफ द म्याच र म्यान अफ द सिरिज लालु रिभर्स भएको आयोजकले जनाएको छ । म पुस १३ गते देखि सुरु भएको खेलमा सिरहा, सप्तरी,जनकपुर र भारत बिहारको जम्मा १६ वटा टिमको सहभागीता रहेको थियो ।स्थानीयबासी , नगरपालिकाको विशेष सहयोगमा संचालित खेलको सम्मान समहरोहमा डाक्नेश्वरी नगरपालिकाको नगर प्रमुख मुखियाले भने खेलकुदको बिकास गर्न नगरपालिकाका अलिकति पनि पछि नपर्ने प्रत्तिबद्द्ता व्यक्त गरेका छन । स्थानीयबासीको सहयोग रहेमा नगरपालिकाको प्रत्येक वडामा खेलकुदको ब्यस्थित मैदान तयार गर्न आफू प्रतिबद्ध रहने नगर प्रमुख मुखियाको भनाइ रहेको थियो ।

No description available.

खेलमैदानका लागि लगानी गर्ने भन्दै मेयर मुखियाले भने समृद्धिको यात्रालाई सफल बनाउन खेलकुदको पनि त्यतिकै महत्त्व छ , ´स्थानीयको सहयोगको अपेक्षा गरेको छु , नगरपालिकाको प्रत्येक वडामा स्टेडियम तयार हुन्छ । कार्यक्रमको बिशिस्ट अतिथि डाक्नेश्वरी नगरपालिकाको नगर उप प्रमुख मिरा कुमारी यादव , वडा अध्यक्ष कुनजी लाल चौधरी , वडा अध्यक्ष रमेश कुमार चौधरी पत्रकार उमेश कुमार साह लगायतको स्थानीय बुद्धिजीवी , सल्लाहकार , स्थानीयबासी , लगायत हजारौं संख्यामा खेल प्रेमीको उपस्थितिरहेको थियो।

No description available.

यस गोल्डेन क्लब बनौला सप्तरीको समितिगनको नामावली यसप्रकार रहेको छन अध्यक्ष सुन्देश्वर प्रसाद साह , उपाध्यक्ष - मो मुसा अन्सारी ,सचिब - राजेश मिश्रा , कोषाध्यक्ष - श्रवन कुमार चौधरी , सदस्य - महेन्द्र प्र साह , राजेन्द्र प्रसाद माझी , किसुन देव यादव तथा आजको कार्यक्रम संचालक यस क्लबका सचिब राजेश मिश्राले गरेको थियो । खेलमा हरिबलव माझी र नजाम अन्सारीले एम्पायरको भुमिका निर्वाह गरेका थिए ।

No description available.

 

प्रतिक्रिया दिनुहोस

लहान एफ.सी.ले जित्यो ...

ओम प्रकाश यादव लहान, ३० चैत। सिरहाको सखुवानन्कारकटटी गाउँपालिका–१ मा आयोजित दोस्रो व ...

“विशेष, संरक्षित र स ...

ओम प्रकाश यादव लहान २९ चैत ।“आदिवासी दनुवारको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत ...

वित्तीय शोषण विरुद्ध ...

ओम प्रकाश यादव लहान २८ चैत । “सम्पूर्ण वित्तीय मजदुर एक होऔँ ! वित्तीय शोषण तथा उत्पीडन विरुद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१