Siraha Times
ताजा समाचार

कपिलवस्तुको विजयनगर गाउँपालिका ३ मा खेलाडीलाई खेल सामग्री वितरण

  • पुस २३, २०८१
  • ७२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी पुस २३ । विजयनगर गाउँपालिका–३ ले युवाहरुको खेल प्रतिभा विकासका लागि वडा स्तरीय खेलाडीहरूलाई ड्रेस तथा खेल सामग्री वितरण गरेको छ। वडा नं.३ का अध्यक्ष हृदय बिकाश चौधरी (बिके चौधरी) को अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न खेलका स्थानीय प्रतिभाशाली खेलाडीहरूलाई खेल सामग्री प्रदान गरिएको हो। यस अवसरमा अध्यक्ष चौधरीले युवाहरूको शारीरिक तथा मानसिक विकासका लागि खेलको महत्वलाई उल्लेख गर्दै आगामी दिनमा पनि खेल क्षेत्रको विकासका लागि वडा प्रतिबद्ध रहेको बताए। स्थानीय खेलाडीहरूले वडा कार्यालयको यस कार्यप्रति खुशी व्यक्त गरेका छन्। उनीहरूले आफूहरूको खेल यात्रामा यस किसिमको सहयोगले थप ऊर्जा मिल्ने प्रतिक्रिया दिए। कार्यक्रममा वडा सदस्य, स्थानीय युवा तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सिराहा: कल्याणपुर प् ...

विसुनदेव सरदार लहान, भदौ १३ । सिराहाको कल्याणपुरमा भएको मोटरसाइकल दुर्घटनाको घटनालाई प्रहरीले उचित क ...

भोटेकोशी बाढी प्रभाव ...

ओम प्रकाश यादव लहान, भदौ ११ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित तथा विस्थापित समुदायलाई ...

बाढीपीडितका लागि लहा ...

सिरहा टाइम्स लहान भदौ ११ । चीनको तिब्बततर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१