उमेश कुमार साह सप्तरी पुस १४ । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ मा रहेका श्री चन्द्रा नमुना माध्यमिक विध्यालयले ६८ औँ वाषिर्कोत्सव मानएका छन् । शैक्षिक क्षेत्रमा उत्कृष्ठ क्रियाकलाप गर्दै नमुना विद्यालय बन्न सफल श्री चन्द्रा नमुना माध्यमिक बिधालयले सफलतम ६८ औ बार्षिक उत्सव विभिध कार्यक्रम संगै सम्पन्न गरेको हो । एक कार्यक्रमको बीच बिधालय ब्यवस्थापन समिति अध्यक्ष अनिरुद्व कुमार सिंह यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
यसैगरी कार्यक्रमको प्रमुख अतिथि पुर्व कृषि तथा पशुपन्छी विकास मन्त्री एवम राष्ट्रिय सभा सदस्य माननीय मृगेन्द्र कुमार सिंह यादवले कार्यक्रममा बोल्दै ६८ वर्ष अगाडी आजकै दिन तत्कालीन राजाश्री ५ महेन्द्र वीरविक्रम शाहदेवले विद्यालयको शिलान्यास गरेको कुराको जानकारी गराउनु भयो ।
बोदे बर्साईन क्षेत्रका समाजसेवी स्वर्गीय शत्रुधन प्रसाद सिंह यादवले दान गरेको १६१ विघा ३ धुर ६.५ आना जग्गा विद्यालयको नाममा दिनु भएको कुरा बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि यादवले भने तत्कालीन समयमा दरभंगा,मधुबनी, लगायत भारतको विभिन्न ठाउँमा यहाँका स्थानीयलाई पढ्न जाने बाध्यता रहेकाले मेरो बुवा स्वर्गीय शत्रुघ्न प्रसाद सिंह यादवले शिक्षारूपी अन्धकारलाई हटाउन शिक्षा क्षेत्रमा लगानी गर्नु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि यादवले अहिलेको जमनामा शिक्षा विनामा मानिसको जीवन चल्न नसक्ने वताएका छन् । कार्यक्रममा सम्बोधन गर्दै यादवले भने अहिलेको समयमा शिक्षाको महत्वका विषयमा जोड दिएका हुन् । उनले शिक्षा हासिल गर्नु पवित्र कार्य मात्र नभएर मानिसलाई सभ्य बनाउन समेत शिक्षाको महत्व रहेको बताउनु भयो।
कार्यक्रमको विशिस्ट अतिथि बोदे बर्साईन नगरपालिका नगर प्रमुख तथा दाता परिवार सदस्य आतेश कुमार सिंह यादव , दाता परिवारका सदस्य तथा प्रा.वि. बोदे वरसाईन वि.व्य.स. अध्यक्ष मुकेश कुमार सिंह यादव , बोदे बर्साईन नगरपालिकाको नगर उप- प्रमुख रेणु कुमारी साह , अतिथि वडा नं.५ का वडा अध्यक्ष मो. मोजिवुर रहमान , प्रधनाध्यापक गौरि शंकर चौधरी , बिधालय व्यवस्थापन समितिका सदस्य तथा कार्यक्रममा उपस्थित ब्याक्तीले संस्थापक दाता स्वर्गीय शत्रुघ्न प्रसाद सिंह यादवले गरेको योगदान बारेमा चर्चा गरेका थिए ।
अतिथिहरु ईलाका प्रहरी कार्यालय बोदे बर्साईन प्रमुख , सशस्त्र बेश क्याम्प बोदे बर्साईन प्रमुख बिधालय व्यवस्थापन समितिका प्रतिनिधि , प्रतिनिधि,शिक्षाप्रेमी,बुद्धिजिवि,पत्रकार, अभिभावक, बिद्यार्थी ,कर्मचारी लगायतको सहभागिता रहेको थियो । शैक्षिक सुधारका लागि जिल्लामा महत्वपुर्ण काम भएको छ ,त्यसमा सहकार्य गर्नको लागि आफुहरु निरन्तर लागि परेको विशिष्ट अतिथि साहले बताउनु भयो।
जिल्लाको श्री चन्द्रा नमुना माध्यमिक बिधालय पनि प्राविधिक धार कम्प्युटर ईन्जिनियरीङ् जस्ता कक्षा संचालन गरेर सदरमुकामका विधार्थी बोदे बर्साईनमा ल्याएर पठनपाठन गराउन सफल भएको बताउनुभएको छ । कार्यक्रममा शैक्षिक सत्र २०८० मा कक्षागत रुपमा र विद्यालयबाट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो ,त्यस्तै विद्यालयले विभिन्न किसिमका प्रविधिहरुको प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
समारोह कार्यक्रमलाई सम्बोधन गर्दै बोदे बर्साईन नगरपालिकाका उपनगरप्रमुख रेणु कुमारी साहले विद्यालयलाई अझै नमुना वनाउने कुरामा वताउनुभएको थियो।कार्यक्रममा बोल्दै विशिष्ट अतिथि साहले २०१३ सालमा स्थापना भएको नमुना विद्यालय तथा विद्यालयको भौतिक र शैक्षिक गुणस्तर वृद्धिकाे लागि शुभकामना दिनुभयाे । उहाँले शिक्षाको क्षेत्रमा प्राबिधक तथा गुणस्तरीय शिक्षा प्रदानका नगरपालिकाले सहयाेग गर्ने बताउनुभयाे ।
तत्कालिन बोदे बर्साईन गाविस वाड नं १ मा बि. सं २०१३ सालमा स्थापना भएकाे उक्त विद्यालयले आफ्नाे छुट्टै पहिचान बनाएकाे मेयर यादवले बताए । तत्कालिन समयमा शिक्षा लिनु पर्छ भन्ने सम्म ज्ञान नभएकाे समयमा शिक्षा प्रेमि अगुबाहरूकाे पहल विद्यालय स्थापना भए पश्चात आसपासका क्षेत्रमा शिक्षाकाे महत्व बढ्दै गएकाे बुझिन्छ ।कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत देखाइएकाे थियाे भने यस कार्यक्रममा आउनु भएका अतिथिहरुलाई प्रधानाध्यापक गौरीशंकर चौधरीले स्वागत मन्तब्यद्धारा स्वागत गर्नु भएको थियो भन्ने कार्यक्रमको सञ्चालन माध्यमिक गणित शिक्षक जीतेन्द्र प्रसाद गुप्ता गर्नु भएको थियो।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic