Siraha Times
ताजा समाचार

डाक्नेश्वरी नगरपालिकाको बनौलामा १४ औं टि-२० क्रिकेट प्रतियोगिताको उद्घाटन

  • पुस १३, २०८१
  • १०५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह: पुष १३ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौलामा १४ औं गोल्डेन क्रीकेट क्लब बनौला द्वारा आयोजना गरेको प्रतियोगिताको आज शनिबार एक कार्यक्रमको बीच उद्घाटन भएको छ।

Open photo

डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख राम लखन मलाहको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भएको छ। खेलमैदानका लागि लगानी गर्ने भन्दै प्रमुख अतिथि मलाहले भने समृद्धिको यात्रालाई सफल बनाउन खेलकुदको पनि त्यतिकै महत्त्व छ, स्थानीयको आशीर्वाद सहयोगको अपेक्षा गरेको छु , मेरो नगरमा युवा खेलाडीहरुको लागि प्रत्येक वडामा खेलमैदान र जग्गा उपलब्ध भए पछि स्टेडियम पनि तयार हुन्छ प्रमुख मलाहले बताए ।

Open photo

कार्यक्रमको बिशिस्ट अतिथि डाक्नेश्वरी नगरपालिकाकी नगर उपप्रमुख मिरा कुमारी यादवले भने खेलकुदको बिकास गर्न नगरपालिकाका अलिकति पनि पछि नपर्ने प्रत्तिबद्द्ता व्यक्त गरेका छन । स्थानीयबासीको सहयोग रहेमा नगरपालिकाको प्रत्येक वडामा खेलकुदको ब्यस्थित मैदान तयार गर्न आफू प्रतिबद्ध रहने उपप्रमुख यादवको भनाइ रहेको थियो ।

वडा नम्बर १० का वडा अध्यक्ष कुन्जीलाल चौधरी , वडा नम्बर ७ का अध्यक्ष शत्रुधन मन्दल , वडा नम्बर ६ का अध्यक्ष कुशेश्वर प्रसाद यादव , वडा नम्बर ५ का अध्यक्ष रमेश कुमार चौधरी , वडा नम्बर ४ का अध्यक्ष देबेन्द्र प्रसाद यादव , यस वडाका वडा सदस्यहरु, पुर्व वडा अध्यक्ष युगेश्वर प्रसाद साह , जग्गा दाता परिवारका सदस्य सुर्य नारायण साह लगायतको स्थानीय बुद्धिजीवी , सल्लाहकार , स्थानीयबासी , प्रहरी/प्रशासन लगायत हजारौं संख्यामा खेल प्रेमीको उपस्थितिरहेको थियो।

आजबाट सुरु भएको खेलमा मधेस प्रदेशका विभिन्न जिल्ला लगायत भारत बिहारको गरि जम्मा १६ वटा टिमको सहभागीता रहेको खेलकुदका समितिले बताए । १४ औं गोल्डेन क्रीकेट क्लब बनौलाका अध्यक्ष सुन्देश्वर प्रसाद साहको अध्यक्षतामा कार्यक्रम भएका थिए भने आज भएको उद्घाटन खेलमा बिहारको लदनिया र सिरहा जिल्लाका रमौलका बिचमा प्रतिस्पर्धा भएको थियो ।

गोल्डेन क्रीकेट क्लब बनौला सप्तरीको समितिगनको नामावली यसप्रकार रहेको छन अध्यक्ष सुन्देश्वर प्रसाद साह , उपाध्यक्ष – मो मुसा अन्सारी ,सचिब – राजेश कुमार मिश्रा , कोषाध्यक्ष – श्रवन कुमार चौधरी , सदस्य – महेन्द्र प्र साह , राजेन्द्र प्रसाद माझी , किसुन देव यादव र आजको कार्यक्रम संचालक यस क्लबका सचिब राजेश कुमार मिश्राले गरेको थियो । खेलमा हरिबलव माझी र मोहम्मद नजाम अन्सारीले एम्पायरको भुमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१