थ्रि जिरो कलव द्वारा मा०वि० महदे‌वा पोर्ताहामा सरस‌फाई तथा बृक्षारोपन कार्यक्रम सम्पन्न

  • पुस १३, २०८१
  • ६६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमूल लहान १३ पुस सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका-३ को मा. बि.महदेवा पोर्ताहामा जिवन विकास लघुवित्त वितिय संस्थाको सह‌योगमा र थ्रि जिरो कल्वको आयोजनामा विद्यालय परिसर भित्र सरसफाई गरी कल्वको विद्यार्थीहरु द्वारा वृहत विभिन्न प्रजातीका विरुवाहरु रोपेर वृक्षा रोपन कार्यक्रम सम्पन्न भएका छन । 

संस्था प्रतिनिधि आमोद कुमार मंडलको अनुसार यस संस्था मार्फत खास गरी गरिब, अति विपन्न नागरिकको जिवन स्तर माथी उकास्न विभिन्न आकर्षक कार्यक्रमहरू संचालन भैरहेका छन । थ्री जिरोको सवालमा संस्था प्रतिनिधि मंडलले 0-0.carbon कार्बन उत्सर्जन शुन्य गर्ने, 0-0. poverty गरिबी शुन्य गर्ने, 0-0- unemploy वेजोरगारी शुन्य गर्ने मुख्य उद्देश्यका साथ संस्था अगाडी बढि रहेको बताएका छन । 

मंडल अगाडी थप्दै यस जिवन विकाश लघुबित वितिय संस्थाको मुख्य कार्यालय विराटनगर कटहरी मोरंगमा रहेको छ र यस संस्थाको कार्यक्रम २४ वटा जिल्लामा जम्मा १६० वटा शाखा हाल संचालनमा रहेको समेत बताएका छन। संस्‌थाको मुख्य उद्देश्य मध्ये गरीबी उन्मुलन, अति विपन्न, दलित, गरीब तथा लक्षित वर्गका महिला दिदिवहिनीहरू‌को आय आर्जन गर्न विभिन्न किसिमको सिपमुलक तालिम दिई सक्षम बनाउने र स- साना व्यापार तथा उद्योग संचालन गर्न आर्थिक सहयोग गर्ने, गरीब घरका मेहनती र जेहेनदार छात्र छात्रालाई आर्थिक सहयोग गरी संस्था अगाडी बढिरहेको समेत संस्‌था प्रतिनिधि मण्डलले वताएका छन। 

यती मात्र हैन संस्था मार्फत विभिन्न विधालय र सार्बजनिक स्थलहरूमा सरस‌फाई र वृक्षा रोपण गरी हरितक्रान्तिको शुरुवात समेत गरेको देखिन्छ। यसरी नै देशै भरी रहेका सम्पुर्ण बितिय संस्थाहरुले आ-आफ्नो ठाउँ बाट समुदाय मुखि कार्यक्रम संचालन गर्न सक्यो भने देश बिकास हुन र देश बाट गरीबी उन्मुलन हुन धेरै समय नलाग्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस

लहान–२४ का तिन विपन् ...

लहान । लहान नगरपालिका–२४ खपानी टोलका दुई विपन्न परिवारलाई लहान नगरपालिकाले खाद्यान्न सहयोग गरे ...

हाइवे ह्याकर्स ऐसी ब ...

कृष्णानगर, कपिलवस्तु, असोज २६ । कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्र ...

सिरहाको छुट्टाछुट्टै ...

लहान, असोज २६। सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुटटै स्थानबाट लागु औषध सहित तीन जनालाई पक्राउ गरेक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१