रहमूल लहान १३ पुस सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका-३ को मा. बि.महदेवा पोर्ताहामा जिवन विकास लघुवित्त वितिय संस्थाको सहयोगमा र थ्रि जिरो कल्वको आयोजनामा विद्यालय परिसर भित्र सरसफाई गरी कल्वको विद्यार्थीहरु द्वारा वृहत विभिन्न प्रजातीका विरुवाहरु रोपेर वृक्षा रोपन कार्यक्रम सम्पन्न भएका छन ।

संस्था प्रतिनिधि आमोद कुमार मंडलको अनुसार यस संस्था मार्फत खास गरी गरिब, अति विपन्न नागरिकको जिवन स्तर माथी उकास्न विभिन्न आकर्षक कार्यक्रमहरू संचालन भैरहेका छन । थ्री जिरोको सवालमा संस्था प्रतिनिधि मंडलले 0-0.carbon कार्बन उत्सर्जन शुन्य गर्ने, 0-0. poverty गरिबी शुन्य गर्ने, 0-0- unemploy वेजोरगारी शुन्य गर्ने मुख्य उद्देश्यका साथ संस्था अगाडी बढि रहेको बताएका छन ।

मंडल अगाडी थप्दै यस जिवन विकाश लघुबित वितिय संस्थाको मुख्य कार्यालय विराटनगर कटहरी मोरंगमा रहेको छ र यस संस्थाको कार्यक्रम २४ वटा जिल्लामा जम्मा १६० वटा शाखा हाल संचालनमा रहेको समेत बताएका छन। संस्थाको मुख्य उद्देश्य मध्ये गरीबी उन्मुलन, अति विपन्न, दलित, गरीब तथा लक्षित वर्गका महिला दिदिवहिनीहरूको आय आर्जन गर्न विभिन्न किसिमको सिपमुलक तालिम दिई सक्षम बनाउने र स- साना व्यापार तथा उद्योग संचालन गर्न आर्थिक सहयोग गर्ने, गरीब घरका मेहनती र जेहेनदार छात्र छात्रालाई आर्थिक सहयोग गरी संस्था अगाडी बढिरहेको समेत संस्था प्रतिनिधि मण्डलले वताएका छन।

यती मात्र हैन संस्था मार्फत विभिन्न विधालय र सार्बजनिक स्थलहरूमा सरसफाई र वृक्षा रोपण गरी हरितक्रान्तिको शुरुवात समेत गरेको देखिन्छ। यसरी नै देशै भरी रहेका सम्पुर्ण बितिय संस्थाहरुले आ-आफ्नो ठाउँ बाट समुदाय मुखि कार्यक्रम संचालन गर्न सक्यो भने देश बिकास हुन र देश बाट गरीबी उन्मुलन हुन धेरै समय नलाग्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved