शियाराम यादव
दोहा: सिरहा सेवा समाज कतारले नवौं अधिवेशनको समापन गर्दै समीक्षात्मक बैठक सम्पन्न गरेको छ। बैठक सिरहा सेवा समाज कतारका अध्यक्ष जय प्रकाश यादवको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख उद्देश्य संस्थाको भावी कार्ययोजना तय गर्नु, विगतका क्रियाकलापको समीक्षा गर्नु, र आगामी दिनमा समाजका लक्ष्यहरूलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउनु रहेको थियो।
अध्यक्ष जय प्रकाश यादवले सिरहा सेवा समाज कतारका कार्यसमिति सदस्यहरूलाई आपसी सहकार्य र इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभएको छ। उहाँले संस्थाको नियम, विधि, र विधानलाई प्रभावकारी बनाउँदै समाजलाई अझ व्यवस्थित र उत्तरदायी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
सिरहा सेवा समाजका पूर्व अध्यक्ष प्रेम कुमार मण्डलले पनि कार्यक्रममा महत्वपूर्ण धारणा व्यक्त गर्नुभयो। उहाँले सिरहा जिल्लाको प्रतिनिधित्व गर्दै कतारमा रहेका नेपालीहरूको सम्बन्ध अझ सुदृढ बनाउनुपर्ने र समाजको कार्यदिशा परिवर्तन गर्न नेतृत्वदायी भूमिकाको खाँचो रहेकोमा जोड दिनुभयो। "समाज परिवर्तन गर्न आफैँबाट सुरुवात गर्नुपर्छ," उहाँले भन्नुभयो।
बैठकमा सिरहा सेवा समाज कतारले आर्थिक पारदर्शिता कायम राख्दै कोष व्यवस्थापनको विषयलाई प्राथमिकतामा राखेको छ। नयाँ कोष संरचना निर्माण गर्ने निर्णयसमेत बैठकले पारित गरेको छ। यस कदमले समाजलाई आर्थिक रूपमा सुदृढ बनाउँदै सामाजिक उत्थानका लागि थप योगदान पुर्याउने विश्वास गरिएको छ।तेस्तै नंया सल्लाहकारहरु छनोट गरिएकोमाविशेष सलाहकार प्रेम कुमार मण्डल ,जहांगीर आलम,मो मोजाहिद ई.प्रदिप झा लगायतका सल्लाहकारहरु नियुक्त गरिएको छ।
सिरहा सेवा समाजले कतार र सिरहा जिल्लाबीचको सम्बन्धलाई अझ सशक्त बनाउँदै सामाजिक र आर्थिक विकासका लागि विभिन्न योजनाहरू सञ्चालन गर्ने लक्ष्य लिएको छ। सदस्यहरूबीच शुभकामना आदान-प्रदान गरिएको कार्यक्रममा सिरहा सेवा समाज कतारले समर्पण, इमानदारी, र सहकार्यलाई मुख्य आधार बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।सिरहा सेवा समाजले कतारमा रहेका नेपालीहरूको साझा आवाज बनाउँदै, जिल्लाको गरिमा अभिवृद्धि गर्ने र प्रवासी समुदायका समस्याहरूलाई समाधान गर्ने आफ्नो उद्देश्यमा निरन्तर लागिपर्ने वाचा गरेको छ।
प्रतिक्रिया दिनुहोस
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved