Siraha Times
ताजा समाचार

नेपाल पत्रकार महासंघ सिरहा शाखाको अध्यक्षमा मनाेज बनैता यादव दाेस्राे पटक निर्वाचित

  • मंसिर ३०, २०८१
  • ७९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान ३० मंसिर । नेपाल पत्रकार महासंघ सिरहा शाखाको अध्यक्षमा मनाेज बनैता यादव दाेस्राे पटक पुनः निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न भएको   महासङको निर्वाचनमा निकटतम प्रतिस्पर्धी रामबाबु यादवलाई तीन मतान्तरले पछि पार्दै बनैता निर्वाचित हुनुभएको हो । ७५ मत रहेको सिरहा शाखामा बनैताले ३३ मत प्राप्त गरि विजयी हुँदै गर्दा अन्य अध्यक्षका उम्मेदवार राम बाबु यादवले ३० मत , र हिरालाल चाैधरीले १२ मत प्राप्त गरेका थिए ।

शाखाको अध्यक्षमा दोस्रो कार्यकालका लागि स्वतन्त्र समूहबाट यादव निर्वाचित हुनुभएको हो । उहाँले ३३ मत प्राप्त गर्नुभएको छ भने नेपाल प्रेस युनियन र प्रेस चौतारी गठबन्धनका उम्मेदवार रामबाबु यादवले ३० मत र प्रेस सेन्टरका हिरालाल चौधरीले १२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, समितिको उपाध्यक्षमा रोयाण्टर मण्डल निर्वाचित हुनुभएको छभने महिला उपाध्यक्षमा उषाकुमारी यादव र यमुना खनालबीच बराबरी मत प्राप्त भएपछि आधाआधा कार्यकाल जिम्मेवारी लिने सहमति भएको छ । यस्तै, सचिवमा मुकेश यादव, सहसचिवमा ऐलिना हिङ्माङ्ग चौधरी र समावेशी सहसचिवमा धर्मेन्द्र पासवान, कोषाध्यक्षमा शुभनारायण कामतीसहित १५ सदस्य निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१