आँखा शिविरमा ३०० विरामी मध्ये १०१ जना मोतियाबिन्द रोगीको निशुल्क अप्रेसन हुँदै लहानमा

  • मंसिर २६, २०८१
  • ५४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २६ मंसिर सिरहा टाइम्सको समन्वयमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको आयोजनामा र हेल्पिङ हर्ट नेपालको सहयोगमा तथा सगरमाथा चौधरी आँखा अस्पताल लहान द्वारा २१ मंसिरमा यसै पालिकाको वाडा न.३ अधारभुत बिधालय महदेवा पर्तिमा संचालन भएको शिविरमा लगभग ३०० जनाले निशुल्क सेवा लिएकोमा जम्मा १०१ जनामा मोतियाविन्दको समस्या देखिए‌को थियो भने पाठेघरको रोगी १६ जना भेटिएको शिविरमा निशुल्क सेवा दिएकी स्त्रीरोग विशेषज्ञ डा. कुसुम यादवले बताएकी हुन।

उक्त शिविरमा भेटिएका मोतियाविन्दका आँखाका रोगीहरुलाई स्थानीय सरकारको समावय र सहकार्यमा हेल्पीड, हर्ट नेपाल तथा आँखा अस्पताल लहान‌को सह‌योगमा हिजो देखी निशुल्क शल्यकृया भैरहेको सह‌योगी संस्था महासचिव मेराजखानले जताएका छन। शिविरको माध्यमले निशुल्क अप्रेसनको सूचनाले विरामीको संख्यामा वृद्धि भएको अस्पताल प्रतिनिधि राजकुमार यादवले बताए‌का छन। प्रतिनिधि यादवको अनुसार शिविरकै दिन विदा पनि परेको र हिन्दुधर्मालम्बीहरुको महान पर्व विवाद पन्चमी महोत्सव त्यही दिन यसै पालिकामा परेकोले धेरै विरामीहरु सम्पर्कमा आउन नसकेको बताउदै वाडा न.२ र ३ को सहभागी न्युन देखिएको समेत उनले बताएका हुन।

शिविरकै शिलशिलामा उक्त शिविरमा निशुल्क सेवा दिएकी रा.उ. प्रादेशिक अस्पताल लहानमा कार्यरत महिला तथा स्त्री रोग विशेषज्ञ डा. कुसुम यादवले महिलाहरु‌को सवालमा समुदाय स्तरमा जनचेतनाको कमिले महिलाहरू‌मा धेरै संख्यामा पाठेघरको समस्या रहेको बताएकी हुन।त्यही कारणले महिलाको अर्थ ब्यबस्था कमजोर र शारीरीक रूपमा कमजोर रहेको बताए‌की हुन।डा. यादव महिलाको पिडा कहिले सम्म? मान्छेको औषधी खाना, हस्पिटल सुत्ने बेड रुम भएका छन भने गरीब तप्काका नागरिकहरु अस्पताल सम्म पुगिरहेको छैन त्यो त गरौं वताएकी थिन। 

उहाँ थप्दै लहान अस्पताल सरकारी अस्पताल हो तर लगभग सम्पुर्ण सेवा सहित जन्ता सेवामा समर्पित छ। गुणस्तर सेवा दिन दक्ष जनशक्ति सहित तैयारी अवस्थामा रहेको अस्पतालमा नागरिक सेवा लिन आउन अपिल समेत गरेकी हुन। यसै सन्दर्भमा संचार‌कर्मि संग छोटो कुरोकानी गर्दै स्थानीय सरकार प्रमुख केदारनाथ यादवले आजको शिविरको समिक्षा हामी ग-यौ। राम्रो प्रचारको कारण शिविरमा सहभागी संख्या धेरै भएको वताएका हुन। उहाँ अगाडी थप्दै विशेष कारण बस धेरैजना शिविरमा विवाह पंचमी मेलाको कारण सहभागी हुन सकेन भेटे जतिको निशुल्क अप्रेशन हुदैछ लहानमा बताउदै यस सम्वन्धी स्थानीय सरकार अझ गम्भीर ढंगले अगाडी बढ्ने समेत बताएका हुन।

शिविर कार्यक्रमलाई उदघाटन गर्दै गा.पा. उपाध्यक्ष निलम यादव बाक्लो उपस्थिति देखेर खुशी हुदै आँखा हाम्रो लागी धेरै मह्त्वपुर्ण रहेको बताएकी छिन भने महिलाहरुको जिज्ञासामा समस्या परेको जन्ता स्थानीय सरकारको सम्पर्कमा आउन आग्रह गरेकी हुन। हुन न सम्पुर्ण अधिकार त हामी संग छैन तर स्थानीय सरकारले पाएको अधिकार बजौजिम हाम्रो नेतृत्वको सरकार अगाडी बढिरहेको दाबी गरेकी हुन।

उपाध्यक्ष यादव स्थानीय सरकार मातहत रहेर कार्यरत स्वास्थ्यकर्मीको ब्यबस्थापनलाई सराहना गर्दै अगामी दिनमा यसरी नै जन्ताको सेवामा समर्पित हुन अनुरोध समेत गरेका छन। शिविर संचालन देखि समापन सम्म स्वास्थ्य शाखा संयोजक हरिनरायण चौधरी आफ्ना स्वास्थ्यकर्मी टिम सहित सबै ब्यबस्थापन मिलाएका थिए भने चौधरी संगै उप संयोजक अशोक कुमार यादव ४ न. स्वास्थ्य चौकी इन्चार्ज कामेश्वर साह, ३ न. चौकी सह इन्चार्ज अजय यादव र २ न. स्वास्थ्य चौकी प्रतिनिधि बिहारी राम लगायत अन्य स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरु सबैको साथ सहयोगमा शिविर कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस

कलैया यातायातका प्रम ...

रंजित चौरसिया,वीरगंज २५ जेष्ठ । यातायात व्यवस्था कार्यालय कलैया बाराका प्रमुख अविन्दर दासले सवारी चा ...

लहान नगरपालिकाले विग ...

ओमप्रकाश यादव, लहान जेठ २४ ।  लहान नगरपालिकाले विगत तीन वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृ ...

डाक्नेश्वरी नगरपालिक ...

राशिन्द्र यादव, सप्तरी जेठ२४ । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकामा, शिक्षा शाखाको विशे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१