Siraha Times
ताजा समाचार

अझै पनि हाम्रो समाज अपाङ्गता मैत्री हुन सकेको छैन !

  • मंसिर १९, २०८१
  • १०१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजू कुमारी दास, लाहान १९ मंसिर । ३३ औं लैङ्गिक हिंसा विरुद्धको १६ दीने अभियानको नौवौं दिन आज ३ दिसम्बर अन्तराष्ट्रिय अपाङ्गता दीवसको अवसरमा नेपालको राष्ट्रिय नारा “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपांगता भएको व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार” भन्ने मुल नाराका साथ, सिरहाका विभिन्न स्थानमा र्‍याली र अन्तरक्रिया गरी मनाइएको छ । सिरहा नगरपालिकाको आयोजना र मुक्ति नेपाल लगायत विभिन्न संघ संस्थाको समन्व्य र सहकार्यमा सिरहामा र्‍याली तथा सभा कार्यक्रम सम्मपन्न भएको छ । र्‍याली सिरहाको बजार परिक्रमा गरी नगरपालिकाको सभा हलमा गई सभामा परिनत भएर अपाङ्गता भएकाहरुको विभिन्रुन समस्या माथी लछलफल भएको थियो ।

Kapilvastu 3 त्यस्तै गोलबजार नगरपालिका वडा नम्बर १३ मा मुक्ति नेपाल गोलबजार, नेत्रहीन संघ सिरहा र गनेलबजार वडा १३ को संयुक्त आयोजनामा नेत्रहिनहरुको समस्या तथा नेपाल सरकारले प्रदान गरेका सेवा सुविधामा सहज पहुचका लागि स्थानीय निकायहरुको भूमिका विषयक सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रम, नेत्रहीन संघ सिरहाको अध्यक्ष शिवराम यादवको अभ्यक्षतामा अपाङ्गताको आरक्षण , शिक्षा रोजगारी भौतिक पूर्वाधार निर्माणमा अपाङ्ग मैत्री हुने जस्ता कार्यहरु हरु माथी सरकारवाला हरुको ध्यानआकर्षण का विषयमा र अपाङ्गताहरुको समस्या अप्ठयाराहरु बारे समेत छलफल गरियो ।

Kapilvastu 4 कार्यक्रम, वडा अध्यक्ष नन्द कुमार महतो, सचीव गौतारी लामा, स्वास्थ्य ईन्चार्ज राम उदगार महतो, ईलाका प्रहरी कार्यालय गोलबजार का प्रतिनिधि श्री रामवृक्ष महतो लगायत जम्मा २९ जनाको सहभागीतामा सम्मपन्न भएको छ । कल्याणपुर नगरपालिकाको आयोजनामा मुक्ति नेपाल र जिल्ला अपाङ्ग असहाय केन्द्र सिरहाको संयुक्त, समन्वय तथा सहकार्यमा आपङ्गता भएका ब्यक्तिहरुको अधिकार सुनिश्चिता को लागि सरोकारबालाहरु संग अन्तरक्रिया गरी मनाइएको छ भने आत्म निर्भर भएर जीवन यापन गरी रहेका १ जना अपांगलाई सम्मान गरी कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१