१९१ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण

  • मंसिर १३, २०८१
  • १०६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान १३ मंसिर । लहान नगरपालिका वडा नम्बर २० का १९१ जना स्थानीयहरुलाई गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग लहान सिरहाले लहान नगरपालिकाको वडा नम्बर २० मा लालपुर्जा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोग सिरहाले लहान नगरपालिकाको वडा नम्बर २०को जनताहरुलाइ एक कार्यक्रम गरि १९१ जनालाइ मंसिर १२ गते वडा कार्यालयमा सानो कार्यक्रम गरि गाउँ ब्लकको प्रमाणपुर्जा लहान नगरपालिकाका मेयर महेश चौधरीको हातबाट हस्तान्तरण गरिएको छ ।

प्रमाणपुर्जा वितरण कार्यक्रममा प्रमुख अतिथिमा मेयर महेश चौधरी थियो भने विशिस्ट अतिथिहरुमा वडा २० कै वडा अध्यक्ष गणेश चौधरी, वडा सदस्य, नापी सर्वेक्षक टोलीका सदस्यहरु सहितको उपस्थिति थियो ।साथै जग्गाधनी प्रमाण पुर्जा वितरण कार्यक्रमका अध्यक्षता ग्रहणमा नापी कार्यालयका प्रमुख लालबाबु यादवको थियो । कार्यक्रमा सानो मन्तव्य राख्दै नगर प्रमुख महेश चौधरी अब कोहि पनि आफु बसोवास गरिरहेको जग्गाको प्रमाण पुर्जा लिनबाट बन्चित नहुने बताउनु भएको हो । वर्षौंदेखि बसोबास गरेको जग्गाका प्रमाण पुर्जा पाएपछि स्थानीयहरु खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१