Siraha Times
ताजा समाचार

मल्हनियाँमा क्रीकेट प्रतियोगिता सम्पन्न

  • मंसिर १०, २०८१
  • ९०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव, सप्तरी, १० मंसिर । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. १ मल्हनियाँमा क्रीकेट प्रतियोगिता सम्पन्न भएको छ । आज भएको फाईनल खेलमा लहान टिमले बेल्ही टिमलाई ३२ रनले पराजित गर्दै विजयी भएको हो । पहिलो ब्याटिङ गरेको लहानले १७९ रन बनाएको थियो । जवाफमा १८० रनको विजयी लक्ष्य लिई मैदानमा उत्रेका बेल्ही टिमले १४७ रनमा आउट भएको थियो । 

बिजेता लहान टिमलाई नगद रु. २१,०००/- ट्र्फी, मेडल र प्रमाण पत्र गाउँपालिका अध्यक्ष खेमचन्द्र यादब, सन्त भूपी ठाकुर र हन्सु मियाले प्रदान गरेको थियो भने उपविजेता बेल्ही टिमलाई नगद रु. १५,०००/- ट्र्फी, मेडल र प्रमाणपत्र कृषि बिज्ञ नाथु चौधरी र जनता समाजवादी पार्टीका नेता रामेश्वर यादबले प्रदान गरेको थियो । 

फाईनल खेल श्री सरस्वती युवा क्लबका अध्यक्ष दिगम्बर शर्माको अध्यक्षता तथा बलान बिहुल गाउँपालिकाको अध्यक्ष खेमचन्द्र यादबको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको कुरा कार्यक्रम संचालक युबा अभियन्ता पवन शर्माले जनाएको छ।

कार्यक्रममा राम नारायण यादव, सुरेन्द्र प्रसाद यादव, उमेश पासमान, युवा नेता प्रमोद यादव, राजिन्द्र चौधरी, बिरेन्द्र पासमान, नगरप्रहरी असैइ संतोष यादव , देबु चौधरी , बरिस्ठ समाजसेबी रामप्रसाद चौधरी , गुन्जेश्वर यादब , ,नवीन चौधरी देबु राम, लगायतको उपस्थिति रहेको थियो । खेलमा एम्पारयरको भुमिका पवन शर्मा र जिबछ यादवले निभाएको थियो । खेल श्री सरस्वती युवा क्लबको आयोजना तथा बलान बिहुल गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१