Siraha Times
ताजा समाचार

बलान बिहुल मेयर कप उपर बेल्हिको कब्जा

  • कार्तिक १९, २०८१
  • १०९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी, १९ कार्तिक । सप्तरी बलान बिहुल गाउँपालिकामा जारी चौथो मेयर कप टी-२० क्रीकेट प्रतियोगिता उपर बेल्हिले कब्जा जमाएको छ । आज भएको फाईनल खेलमा बेल्हि क्रीकेट टिमले आयोजक कमलदाहा क्रीकेट टिमालाई २ विकेटले पराजित गर्दै मेयर कप कब्जा गरेको छ । पहिले ब्याटिङ गरेको कमलदाहा क्रीकेट टिमले १० विकेट गुमाउँदै १ सय २० रन बनाएको थियो । १ सय २१ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेका बेल्ही क्रीकेट टिमले ८ विकेटको क्षतिमा हासिल गरेको हो ।

विजेता टीमालाई ४० हजार नगद, मेडल र प्रमाणपत्र गाउँपालिका प्रमुख खेमचन्द्र यादवले हस्तान्तरण गरेको थियो भने उपविजेता टिमलाई २५ हजार नगद, मेडल र प्रमाणपत्र वडा नं. १ का वडा अध्यक्ष रामकुमार यादवले हस्तान्तरण गरेको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई प्लेयर अफ द म्याच, उत्कृष्ट बलर, उत्कृष्ट ब्याटर र प्लेयर अफ द सिरिजले सम्मानित गरेको थियो भने खेल अवधीभरी एम्पायरको भुमिकामा रहेका पंकज यादव र दिपेन्द्र यादवलाई समेत सम्मान गरेको थियो ।

श्री बाबा डिहबार खेलकुद युवा समिति बलान बिहुल गाउँपालिका वडा नं. १ कमदाहाको आयोजना तथा बलान बिहुल गाउँपालिकाको सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रम बलान बिहुल गाउँपालिकाको प्रमुख खेमचन्द्र यादवको प्रमुख आतिथ्यता तथा वडा नं. १ का वडा अध्यक्ष रामकुमार यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वडा नं.३ का वडा अध्यक्ष राजकिशोर यादव (बब्लु), कार्यपालिका सदस्य संजिव कुमार शर्मा, अतिथिको रुपमा युवा नेता महेन्द्र यादव, उमेश पासवान, पुर्व वडा अध्यक्ष हन्सु मियाँ, धनेश्वर दास, रामफुलेश्वर यादव, ईन्द्रदेव यादवको साथै प्रहरी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सामाजिक अभियन्ता पवन शर्माले गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१