शिक्षकको अधिकतम हितकारी एजेन्डा अगाडी बढाउने: नवनिर्वाचित उपाध्यक्ष शिव कुमार यादव

  • कार्तिक १५, २०८१
  • ७६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान, कार्तिक १५ गते । एकीकृत शिक्षक संगठनका केन्द्रिय परिषद सदस्य शिवकुमार यादव राहत शिक्षकको केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएका छन् । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. १ स्थाय घर भएका यादव वि.सं. २०६२ सालदेखी शिक्षण पेशामा आवद्ध रहेका छन् । कार्तिक ९,१० र ११ गते काठमाडौंमा सम्पन्न राहत शिक्षकको छैठौं महाधिवेशनले नेकपा माओवादी केन्द्र निकट रहेका यादव केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएको हो ।

करिव २० वर्षदेखी शिक्षण पेशामा आवद्ध यादव आम शिक्षकको मुक्तिको लागी लामो समयदेखी संघर्षरत रहेका छन् । धादिङ र काठमाडौं लगायत विभिन्न जिल्लामा अध्यापन गरेको हाल गोरखा जिल्लामा कार्यरत रहेको छ । शिक्षाको क्षेत्रमा अतुलनिय योगदान गरेको यादवले शिक्षण पेशाको सुनिश्चितताको लागि व्यापक रुपमा जनदबाब सिर्जना गर्दै आएको हो । 

माक्र्सवादी चिन्तक समेत रहेका उनले मधेशको शिक्षा सुधारको लागि प्रयासरत रहेको हो । यादव माक्र्सवादी स्कुल मधेश प्रदेशका सदस्य तथा प्रशिक्षक समेत हुन् । स्थापित शिक्षक नेताको रुपमा चिनिएका यादव राहत शिक्षकको साथै अन्य शिक्षकको मुक्तिको लागि संघर्ष गर्ने उद्घोष समेत गरेका हुन् ।

पेशागत सुरक्षाको दृष्टीकोणले "योगदानमा आधारित सामाजिक सुरक्षा कोष" को एजेन्डा नछोड्ने गरी एजेन्डा तय गर्दै महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले सम्पुर्ण राहत शिक्षकलाई विस्थापित नहुने गरि प्रक्रिया पुर्‍याएर स्थायित्व गर्नुपर्ने र शिक्षकको अधिकतम हितकारी एजेन्डा अगाडी बढाउने संकल्प लिएको नवनिर्वाचित उपाध्यक्ष यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१