ल.ल.कु.मा.वि.लहानद्वारा शुभकामना कार्यक्रम गरि विद्यार्थीलाई गरे पुरस्कृत

  • कार्तिक १४, २०८१
  • १४१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान कार्तिक १४ । श्री लक्ष्मन ललिता माध्यमिक विद्यालय लहान रघुनाथपुरले नेपाली र अंग्रेजी माध्यम विद्यार्थीहरुलाइ हिन्दु धर्मवाबल्मीहरुको महान चाड शुभ-दिपावली तथा छठ पर्वको अवसर पारि आज कार्तिक १४ गते विद्यालयको प्रांगणमै कार्यक्रम गरि शुभकामना आदान प्रदान गरिएको छ । हिन्दुहरुको महान चाड भनेर आस्था विश्वास राख्ने सम्पूर्णलाई शुभकामना दिएका छन् । कार्यक्रम लक्ष्मण ललिता विद्यालय बिद्यालयको व्यवस्थापन समितिको अध्यक्ष श्री महेश प्रसाद कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको शिक्षकहरुले छठ पर्वको लोकप्रियतालाई बढाउदै लगेको बताउदै भन्नुभयो, छठ पर्वले सामाजिक परिवर्तनको हकमा साँस्कृतिक परमपरालाई जीवन्त राखेको जिकिर गर्नु भयो ।

संयोजक महतोले मधेसी समुदायमा बिहे, ऋतु परिवर्तन, चाडबाड, खेतीपातीका बेला एवं सुखदुःखको अवसरमा लोकगीत गाउने चलन भएकोले लोकगायन भनेको छठको झनै सशक्त पक्ष भएको औल्याउनु भयो । उहाँले नेपालीहरूको विविधतामा एकतालाई यस पर्वले स्वीकारेको छ । पछिल्लो समय अध्ययन, जागिर एवम् व्यापारका कारणले हिमाल, पहाड र तराईमा मिश्रित समाजको विकास तथा अन्तर्जातिय विवाहले गर्दा छठको विस्तार हुन पुगे बताउनु भयो ।

पहाडी र मधेसी समुदायले एकअर्काको पर्वबीच भेद गर्न छाडेको बताउदै संयोजक महतोले सबै चाडबाड सबैको भन्ने धारणाको विकाससँगै सदभावपूर्ण तरिकाले दिपावली छठ मनाउन आफ्ना छात्र छात्रालाई भन्नु भयो । कार्यक्रममा दिपावली तथा छठ पर्वको शुभकामना दिदै अंग्रेजी माध्यमका संयोजक श्याम सुन्दर महतोले दिपावली तथा छठ पर्वले सामाजिक सद्भाव र समानतामा वृद्धि गरेको बताउनु भयो । उहाँले छठपर्वबाट सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वचन र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार हुने जिकिर गर्नु भयो । कार्यक्रममा नेपाली र अंग्रेजी माध्यमका सम्पूर्ण विद्यार्थी भाईबहिनि मध्येबाट नियमित विद्यालय आउने विद्यार्थी भाई बहिनीहरुलाई पुरस्कृत समेत गर्नु भएको छ यस्ता कार्यक्रमले विद्यालय र विद्यार्थी बीच घटाउने र विद्यार्थीहरुलाइ नियमित विद्यालय आउन र पठनपाठन तिर केन्द्रित हुन् प्रेरित गरिन्छ महतोले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

लहानमा जनलहर: “शाषकह ...

लहान, फागुन १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवल ...

उपेन्द्र यादव सप्तरी ...

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनव ...

सिराहा–१ मा कांग्रेस ...

रहमुल, सिराहा १४ फागुन । आसन्न निर्वाचनको मुखमै सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१